प्यूठान । स्वर्गद्वारी दर्शन गरी फर्किएकाहरु चढेको जीप दुर्घटना भएको छ । लु १ च ६३४५ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा ८ जनाको मृत्यु भएको प्युठानबाट राजु आचार्यले बताएका छन् ।
आचार्यका अनुसार ८ जनाको शव एउटै एम्बुलेन्समा बिजुवार अस्पताल ल्याइदै छ । उक्त गाडीमा ८ जना रहेका रहेका थिए । गाडी चालक लमही नगरपालिका नगरपालिका वडा नम्बर ५ का तारा कुमाल रहेको बुझिएको छ ।
त्यस्तै मृत्यु हुनेमा २ जना महिला,२ जना पुरुष र ४ जना बालबालिका परेका छन्। उनिहरु सबै लमहीका हुन सक्ने प्रहरीले जनाएको छ । घटनामा मृत्यु भएकाको प्रहरीले पुष्टि गरिसकेको छैन । घटनाको थप विवरण आउँन बाकी रहेको छ ।