
Pbu
Ggp
Rgp1
pku
Rgp
Srbpu
Unsku
Sgr
Lnp

Rsb
Gst
Sbs
Tsm
Sls
Rgu
Wsp
Ssm
Hal
Ksm
Vor
Bbbpu
Bbu
Ggd
nsb
Rgu
Pvg
Asm
Rgs

Bml
Abd
Pls
Rpp
Ptm
Jmb
sab
bbt
Jmb
Syp
Mks
Gsb
Rmb
नुवाकोट । नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकाेटकाे आयाेजनामा मगर समुदायको थर, उपथर,सुचिकरण तथा पदवि बिषयक अन्तरक्रिया साथै प्रतिवेदन तयारि कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नुवाकोटको सभाहलमा आज सम्पन्न भएको छ ।
नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव टेक बहादुर नाम्जालि मगरले व्यानर पढेर उद्घाटन गरिएकाे उक्त कार्यक्रम नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकोटका अध्यक्ष बचुमाया सुनारि मगरकाे सभाध्यक्षता रहेकाे थियाे । नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकोटका उपाध्यक्ष रामकुमार थापा मगरले स्वागत मन्तब्य राख्नु भएको थियाे । समाजशास्त्रि बल बहादुर घर्ती मगरले अन्तरक्रिया कार्यक्रममा मगर समुदायको थर,उपथर सुचिकरण तथा पदवि बिषयमा सहजिकरण सहितकाे बिषयमा सहभागि माझ वृहत छलफल गरि प्रष्ट पार्नु भएको थियाे ।
त्यसैगरि नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव टेक नाम्जालि मगरले संघकाे निति तथा कार्यक्रम, काजकिरिया पद्धति, कल्याणकारी काेष बिषयमा प्रस्ट पार्नु भएको थियाे । कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय समितिका सदस्य तथा विशेष अतिथि भगवान राना मगरले मगरहरुकाे थर उपथरहरुमा राना, थापा र आले पदवि नभएर थर भएको जाे मानसिंह खड्गा मगरकाे ईतिहासले पनि बताउने कुरा मन्तब्यका क्रममा राख्नु भएको थियाे । अन्तरक्रिया कार्यक्रममा लिखु गाउँपालिका, बेलकाेटगढि नगरपालिका, तारकेश्वर गाउँपालिका, बिदुर नगरपालिका नुवाकोट र नेपाल मगर संघ जिल्ला समन्वय समिति रसुवा जिल्ला शाखाका पदाधिकारिहरुकाे विशेष उपस्थित रहेको थियाे ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल मगर संघ नगर समन्वय समिति बिदुर नुवाकोटका सचिव राजिव राना मगरले मगरहरुकाे थरलाई पदवि भनेर नेपाल मगर संघ केन्द्रीय समितिले छलफल गरिएको बिषयमा मगरहरुकाे थर पदवि नभई मुल थर रहेकाे कुरा राख्नु भएको थियाे । रसुवा र नुवाकोटलाई लक्षित गरि राखिएको उक्त कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय समितिका सदस्य राजकुमार थापा मगर,बागमती प्रदेश प्रथम सचिव रामकृष्ण थापा मगर,सदस्य शुभाकर थापा मगर,रामकुमार खड्का मगरकाे आतिथ्यता रहेकाे थियाे ।

