दिपक वली/घोराही शनिबार, जेठ १३, २०८०

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको गुरुकुल एकेडेमीले किड्स मिनी मार्केटको उद्घाटन गरेको छ ।

विद्यालयले आफ्नो वार्षिक शैक्षिक क्यालेण्डर अनुसार शुक्रबार एक दिनका लागि मन्टेश्वरीतर्फ गुरुकुल किड्स मिनी मार्केट सञ्चालन गरेको हो । मन्टेश्वरी मिनी मार्केट उद्घाटन गर्दै विद्यालयका सह–प्रध्यानाध्यापक मुकुन्द गिरीले गुरुकुल एकेडेमीको शैशिक क्यालेण्डरमा उल्लेख भएअनुसार आज गुरुकुल किड्स मिनी मार्केट संचालन गरेको बताए ।

त्यस्तै उनले विद्यालयमा प्लेग्रुपदेखि ३ कक्षासम्म अध्ययन गर्ने बालबालिकाहरुका लागि दैनिक उपभोग्य सामान तथा खरिद बिक्रीको प्रक्रियाको बारेमा जानकारी दिने उद्धेश्यका साथ मार्केट संचालन गरेको स्पष्ट पारे । यसले विद्यार्थीको आफ्नो इच्छा अनुसारको सामान किन्न सिक्ने क्षमताको विकास गर्ने र आफूलाई दैनिक रुपमा आवश्यक पर्ने सामानहरुको बारेमा जानकारी लिने विद्यालयका सह–प्रध्यानाध्यापक गिरीको भनाइ थियो ।

यस्तै उक्त मार्केटमा शिक्षकहरु पसलेको रुपमा बसेका थिए भने विद्यार्थीहरु ग्राहकको रुपमा रहेर आफ्नो इच्छा अनुसारका सामानहरु किनमेल गरेका थिए । विद्यालयमा हरेक शुक्रबार विद्यार्थीहरुका लागि फरक–फरक शैक्षिक क्रियाकलापहरु भइरहने भएतापनि थप यस्ता क्रियाकलापले विद्यार्थीलाई सिर्जनशील बनाउने र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने विद्यालयले जनाएको छ ।

मार्केटमा फलफूल,स्टेशनरीका सामान,मन्टेश्वरी, आइसक्रिम,पानीपुरी,चटपटे,कस्मेटिकका सामान लगायत दैनिक जीवनमा उपभोग हुने सामानहरु राखिएको थियो । मन्टेश्वरी संयोजक लोचना पौडेलको व्यवस्थापनमा मन्टेश्वरी टिमका शिशिकाहरु मार्केट संचलानमा ल्याइएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]