शिवु खनाल सोमबार, जेठ ०८, २०८०

दाङ । देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस चिफ शेषमणि गौतम बलात्कारको आरोपमा दाङको लमहीबाट पक्राउ परेका छन् ।

गए राति प्रहरीले गौतमलाई आफ्नै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।२६ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाइ बलात्कार गरेको आरोपमा लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा निवासी शेषमणि गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतवार दिउँसो करिब १२ बजे गौतमले ती युवतीलाई आफ्नै घरमै लगी बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

त्यस्तै उनका अनुसार गौतमलाई आवश्यक कार्वाहीको लागि मुद्दा दर्ता गरि म्याद थपको लागि अदालत ल्याउने तयारी भइरहेको जानकारी दिए ।
गौतम नेपाली कांग्रेसका जिल्ला सदस्य, देउखुरी बहुमुखी क्याम्पसका हालका प्रध्यापक तथा संचालक समितिका कोषाध्यक्ष हुन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]