Sidha Patra मंगलबार, बैशाख १५, २०८३

दाङ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ले ग्रामीण तथा विपन्न वर्गका नागरिकहरुको आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने उद्देश्यका साथ स्थापना भएको एक जिम्मेवार वित्तीय संस्था रहेको छ । यस संस्थाले विशेष गरी महिला सशक्तीकरण, स्वरोजगार प्रवर्द्धन तथा गरिबी न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

यस संस्थामार्फत सदस्यहरुलाई सहुलियतपूर्ण दरमा कर्जा उपलब्ध गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गरिन्छ । साना तथा मझौला व्यवसाय सञ्चालन गर्न इच्छुक सदस्यहरुलाई आवश्यक वित्तीय सहयोग प्रदान गरी उनीहरुलाई आत्मनिर्भर बनाउने प्रयास गरिएको वनगाउँ शाखाका कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

वनगाउँ शाखा कार्यालयले विभिन्न केन्द्रमार्फत सदस्यहरुसँग प्रत्यक्ष रुपमा समन्वय गर्दै सेवा प्रवाह गरिरहेको छ । यस्तै शाखा प्रमुख पोखरेलका अनुसार अहिले संस्थाले प्रत्येक केन्द्रमा नियमित बैठक,कर्जा लगानी तथा असुली,बचत संकलन, तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसबाट सदस्यहरुमा वित्तीय अनुशासन,जिम्मेवारी र सहकार्यको भावना विकास गरिरहेको छ ।

त्यस्तै,संस्थाले आफ्ना सदस्यहरुको हितलाई केन्द्रमा राख्दै बीमा सुविधा समेत उपलब्ध गराउँदै आएको छ । यसबाट सदस्य तथा उनका परिवारलाई आकस्मिक जोखिमबाट संरक्षण मिलेको छ । उदाहरणका रुपमा,कुनै सदस्य वा निजको परिवारमा अप्रत्याशित घटना घटेमा बीमा मार्फत कर्जा मिनाहा तथा आर्थिक सहयोग प्रदान गर्ने व्यवस्था गरिएको छ,जसले सदस्यहरुको जीवनमा सकारात्मक प्रभाव पारेको छ ।

यस्तै,माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ले पारदर्शिता, उत्तरदायित्व तथा सेवा भावलाई आफ्नो मुख्य मूल्यका रुपमा आत्मसात गर्दै आएको छ । संस्थाले दिगो विकासका लक्ष्यअनुसार आर्थिक समावेशीकरणमा जोड दिँदै समाजको समग्र उन्नतिमा योगदान पुर्‍याउँदै आएको छ ।

त्यस्तै,भविष्यमा समेत यस संस्थाले अझ प्रभावकारी सेवा विस्तार गर्दै सदस्यहरुको जीवनस्तर उकास्न,रोजगारी सिर्जना गर्न तथा देशको आर्थिक विकासमा टेवा पुर्‍याउने दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]