
Lnp
Sgr
Ggp
Rgp1
Rgp
pku
Unsku
Srbpu
Pbu

Pvg
nsb
Ssm
Ggd
Tsm
Bbbpu
Vor
Rsb
Gst
Ksm
Asm
Sbs
Rgs
Hal
Wsp
Sls
Rgu
Bbu
Rgu

Ptm
Gsb
sab
Bml
Jmb
Jmb
Rmb
bbt
Syp
Rpp
Pls
Abd
Mks
दाङ । धानखोला–लमही सडक विस्तारको विषयलाई लिएर दाङमा विवाद भएकाे छ। सडकलाई चार वा छ लेनमा विस्तार गर्नुपर्ने माग गर्दै आन्दोलन भइरहेका बेला दुई जना अभियन्ता पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धानखोला–लमही सडक चारलेन संघर्ष समितिका संयोजक प्रकाश शाही र सदस्य जगदिश गिरी रहेका छन्। उनीहरूलाई किन पक्राउ गरिएको हो भन्ने विषयमा हालसम्म आधिकारिक धारणा सार्वजनिक गरिएको छैन। यद्यपि स्थानीय बासिन्दाले सडक विस्तारको माग दबाउन खोजिएको आरोप लगाएका छन्।
स्थानीय तथा संघर्ष समितिले सडकलाई कम्तीमा चार वा छ लेनमा विस्तार गर्नुपर्ने माग गर्दै आएका छन्। उनीहरूको भनाइमा हालको योजनाअनुसार सडकलाई दुई लेनमा सीमित गर्न खोजिएको छ, जसले भविष्यको बढ्दो यातायात चापलाई सम्बोधन गर्न नसक्ने उनीहरूको दाबी छ।
यस्तै, केही आन्दोलनकारीहरूले सडक विस्तार योजना विदेशी सहयोग परियोजनासँग जोडिएको भन्दै सरकार विदेशी दबाबमा परेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनीहरूले नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिएको आरोप पनि लगाएका छन्।
यता सरोकारवाला निकायले भने सडक विस्तारको मापदण्ड, बजेट तथा प्राविधिक पक्षलाई आधार मानेर योजना बनाइएको हुन सक्ने बताएका छन्।
संघर्ष समितिले पक्राउ परेका अभियन्ताहरूको तत्काल रिहाइको माग गर्दै आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ।
