Sidha Patra सोमबार, आश्विन १९, २०७७

दाङ । प्रदेश नं. ५ को नाम लुम्बीनी स्थान दाङको भालुवाङ प्रस्ताव गरिएको नेपाली काँग्रेस दाङ क्षेत्र नं. १ ले स्वागत एवम्ं समर्थन गरेको छ । नेपाली काँग्रेस दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापती भेषराज पाण्डेले प्रेस बिज्ञप्पती जारी गर्दै कुशलता पुर्वक राजधानीको नाम र ठाउँ प्रस्ताव गरिएकोमा स्वागत एवंम् सम्मान गछौ, भनिएको छ ।

बिज्ञप्तीमा आफ्नो क्षेत्र र भेग तर्फ राजधानी हुनुपर्छ भनेर माग गर्नु सामान्य मानिएपनि प्रदेश नं. ५ को राजधानी भौगोलिक हिसावले प्रस्तावीत ठाउँलाई कुशलता पूर्वक यकिन गरी निर्णयार्थ संसदमा दर्ता गरिएको कार्यलाई उच्च सम्मान गर्दै साँसदहरुले सर्वसम्मत संसदबाट अनुमोदन गराउने विश्वास व्यक्त गरेका छौ, भन्ने उल्लेख गरिएको छ ।

यसैगरी प्रदेश ५ को पश्चिमी जिल्ला बर्दियाका सभापति संजयकुमार गौतमले प्रेस बिज्ञप्ती जारी गर्दै प्रदेश सरकारको नाम र स्थान प्रस्ताव गरेको प्रति आफुले सकरात्मक रुपमा लिएको उल्लेख गर्नु भएको छ । बर्दियाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने पूर्वमन्त्री समेत रहनु भएका गौतमले प्रदेश नं. ५ को प्रस्तावीत नाम र राजधानी भौगोलिक हिसावले प्रदेशका सबै जिल्लाको सुलभ पहुँच हुने उल्लेख गर्नु भएको छ ।

बिज्ञप्तीमा उक्त प्रस्तावलाई बर्दिया काँग्रेसले सकरात्मक रुपमा लिएको उल्लेख गरिएको छ । प्रस्तावीत नाम र स्थानलाई प्रदेशसभाबाट पारीत गरी कार्यान्वयनमा लैजान माग समेत गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]