Sidha Patra शुक्रबार, जेठ ०५, २०८०

दाङ । नेकपा एकीकृत समाजवादी दाङको पार्टी पुनर्गठन भएको छ । एकीकृत समाजवादीको घोराहीमा शुक्रबार भएको विशेष जिल्ला भेलाले भूपबहादुर केसीको अध्यक्षतामा १ सय ७१ जना जिल्ला कार्यसमिति चयन गरेको हो ।

त्यस्तै पुनर्गठित एकीकृत समाजवादी दाङको उपाध्यक्षमा डिल्लीबहादुर पुन मगर,गणेश कुमार चौधरी र बिष्णु गुरुङ,सचिवमा जानका रेग्मी, उपसचिवमा डिलबहादुर पुन मगर,सुर्य बिसी र प्रेम बुढा मगर रहेका छन् । भेलाले कार्यालय सचिवमा गजेन्द्र सिंह खड्कालाई चयन गरेको छ ।

यसैगरी उक्त भेलाले जिल्लाका एक सय वडाबाट प्रतिनिधित्व गर्नेगरी एक-एक जना,प्रत्येक निर्वाचन क्षेत्र,जनवर्गीय संगठनबाट एक-एक जनालाई जिल्ला कमिटी सदस्य बनाउने निर्णय गरेको नव गठित पार्टीका जिल्ला अध्यक्ष भूपबहादुर केसीले जानकारी दिए ।

त्यस्तै सो विशेष जिल्ला भेलाले पार्टीको हितविपरित गतिविधिमा संलग्न भएको र स्पष्टिकरण माग गर्दा नदिएकाले एकीकृत समाजवादी दाङका जिल्ला अध्यक्ष सुरामणि बेल्वासे,उपाध्यक्ष शोभा शाह र सचिव डिल्ली डाँगीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको छ । बेल्वासेले यस अघि आफू जिल्ला अध्यक्ष हुँदा पार्टी भित्रका धेरै नेता तथा कार्यकर्तालाई कारबाही गरेका थिए ।

उक्त विशेष जिल्ला भेलालाई नेकपा एकीकृत समाजवादीका पोलिट व्युरो सदस्य तथा निवर्तमान सहरी विकास मन्त्री मेटमणि चौधरी,एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डे लगायतले सम्बोधन गएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]