
Sgr
Rgp
Ggp
Pbu
pku
Rgp1
Unsku
Srbpu
Lnp

Pvg
Bbbpu
Rgs
Sbs
Vor
Rsb
Sls
Ssm
Rgu
Gst
Rgu
Ksm
Asm
Ggd
Hal
Tsm
nsb
Wsp
Bbu

Ptm
Abd
Rmb
Gsb
Jmb
Mks
Syp
Bml
sab
bbt
Jmb
Pls
Rpp
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडामा रहेको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाद्वारा नयाँ योजनाको डिपिआरका लागि ४ पक्षीय बीच बुधबार छलफल बैठक सम्पन्न भएको छ ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष जंग बहादुर चाैधरीकाे अध्यक्षता तथा लमही नगरपालीकाका नगर प्रमुख मेयर जाेगराज चाैधरीकाे प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।
लमही खानेपानीले यस अघि दाेस्राे साना सहरी खानेपानीकाे उपलब्ध संरचनाबाट खानेपानी बितरण र बिस्तारमा समस्या उत्पन्न हुदै गएकाे र उक्त समस्यालाइ मध्यनजर गर्दै लमहीमा दिर्घकालिन रूपमा खानेपानीकाे समस्यालाई समाधान गर्नकाे लागि नयाँ आयाेजनाकाे मागका लागि आबश्यक पर्ने प्रपोजल तयार पारी सम्बन्धित निकायमा पठाएकाे थियो।
बैठकद्वारा भएका निर्णयहरु:
१ नम्बरमा आयाेजना सम्पन्न गर्नका लागि सरकार र संस्थाले contribute गर्ने रकम सरकार ले ७० % र संस्थाले ३०% गर्ने सर्वसम्मतिले निर्णय गरिएको छ । जसमा ३०% काे संस्थाले १०% नगद र २०% श्रमदान हुनेछ भने नगद १०% मध्य ५% रकम शिलबन्दी टेन्डर हाल्नु पुर्ब बैंक दाखिला गर्नु पर्नेछ । २ आयाेजनामा बन्ने सम्पुर्ण संरचनाहरु जस्तै ओभर हेड टंकी,डिप टियुबेल बाेरीङ भल्भ चेम्बर लगायत संरचना निर्माणका लागि आबश्यक पर्ने सम्पूर्ण जग्गा संस्थाले उपलब्ध गराउने निर्णय भएको छ ।यस्तै ३.नया आयाेजनाकाे शेवा क्षेत्र तपशील बमाेजिम निर्धारण गरियाे: वडा नम्बर ३ नारायणपुर, बन गाउँ,वडा नम्बर ४ अर्नहवा, बेलनडाडा, चैलाही,वडा नम्बर ५ सुनखाेली,आदर्श टाेल,काेलही,बसन्त नगर,प्रगति टाेल,प्रिन्स बोर्डिङ क्षेत्र,गाेरक्ष टाेल लमही गल्ली, वडा नम्बर ६ देउपुर, खैरी,मध्यनगर, ढिकपुर, कसियापुर, लङ्गडि, छुट्कि महरहवा,बड्का महरहवा, कुलमाेहर,आर्मि क्याम्प, वडा नम्बर ७- अर्जुन खाेला पुल्चोक शसस्त्र बेस क्यापमा उपलब्ध गराउने भनि निर्णय भएको छ ।
यसैगरी ४ मा केन्द्रीय खानेपानी आयाेजना मजगाउँकाे निर्माणाधिन आयाेजनाले तत्कालीन रुपमा समेट्न नसकेकाे क्षेत्र लमही नगरपालिका वडा नम्बर ३ जखेरा ताल र वडा नम्बर २ श्रीगाउँ क्षेत्रमा पर्ने करिब २०० घर धुरीलाई आबश्ययक पर्ने १५ कि.मि शाखा पाईप लाईन अहिलेकाे डिपि आरमा समाबेस गर्ने र साेकाे लागि आबश्यक पर्ने पानी मजगाउँमा निर्माणाधीन टंकीबाट वितरण गरिने गरी ब्यबस्था गर्ने निर्णय गरिएको छ ।
त्यस्तै ५ मा लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाकाे प्रशासनिक भवन नभएकाे हुँदा भवन निर्माणका लागि आबश्यक पर्ने जग्गा संस्थाले उपलब्ध गराउने र साे काे नाप नक्सा स्टिमेट परामर्श दाताले तयार पार्ने गरि डिपिआरमा समाबेश गर्ने निर्णय गरिएको छ । यस्तै ६ मा डिपिआर गर्नु पर्ने स्थानमा खटिने परामर्शदाताकाे टिमलाई संस्थाकाे तर्फबाट र सम्बन्धित क्षेत्रकाे उपभोक्ताले आबश्यक सहयाेग गर्ने निर्णय गरिएको छ ।
उक्त बैठकका प्रमुख अतिथि लमही नगरपालिकाका प्रमुख मेयर जाेगराज चेाेधरीले कुनै पनि आयाेजना सम्पन्न गर्दा दिर्घकालीन रुपमा फाईदा तथा महत्त्वपूर्ण अर्थ राख्ने गरी बनाउनु पर्ने र यसका लागि स्थानीय सरसकारले आबश्यक साथ सहयाेग गर्ने कुरा ब्यक्त गर्नु भयो । त्यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष मनोज चौधरीले आफ्नो वडाको जखेरा बासीलाई पानी खुवाउन पाउदा अत्यन्तै खुशी भएको बताउनु भयो ।
बैठकमा लमही नगरपालिका वडा नम्बर २ का वडा सदस्य काशीराम चाैधरी,३ नम्बर वडा अध्यक्ष मनाेज चाैधरी,५ नम्बर वडा सदस्य हरीराम चाैधरी,६ नम्बर वडा अध्यक्ष श्याम नारायण चाैधरी र वडा सदस्य कृष्ण खत्री,संघिय खानेपानी तथा ढल ब्यबस्थापन आयाेजनाका प्राविधिक टंक अबस्थी, सहलगानीका सिनियर वाटर सप्लाइ एण्ड sanitation expert शसृजन अर्याल,चेयरपर्सन paragon इन्जिनियरिङ consultancy & research सेन्टरका इन्जिनियर नारायण हरी रिजाल, सिभिल इन्जिनियर दिक्षा खड्का, sociologist सितल रिजालहरु बिचमा ४ पक्षिय छलफल तथा निर्णय गरेको छ ।
त्यस्तै बैठकमा बरिस्ठ पत्रकार के.पी घिमिरे,लिला शाह,पत्रकार मेगमन बुढाकाे उपस्थिति रहेकोे थियाे भने बैठककाे सञ्चालन संस्थाका सचिव बसन्त आचार्यले गर्नु भएकाे थियाे । त्यस्तै प्रपोजलका आधारमा आयाेजनाकाे लागि महत्त्वपूर्ण मानिने डिपिआरकाे टाेलिले बुधबारदेखि नै फिल्डमा खटेर काम शुरु गरेको छ ।
