
Rgp1
Ggp
Sgr
Pbu
Srbpu
Rgp
Unsku
Lnp
pku

nsb
Pvg
Ssm
Sbs
Ksm
Sls
Bbbpu
Bbu
Rgu
Vor
Rsb
Rgs
Hal
Rgu
Asm
Tsm
Gst
Wsp
Ggd

Ptm
Rpp
Bml
Abd
Pls
Mks
Jmb
Rmb
Jmb
Gsb
Syp
bbt
sab
अर्घाखाँची। अर्घाखाँचीको जंगलमा आगो लगाउने चार जना पक्राउ परेका छन् । भूमिकास्थान नगरपालिका-२ तिरतिरे खोलाको जंगलमा आगो लगाउने चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भयो ।
त्यस्तै पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका वडा नम्बर २ निवासी ३६ वर्षिय दिनेश थापा, सोही ठाउँ निवासी १८ वर्षिय दिपक विक, ७० वर्षिय देविराम बेल्वासे र ३६ वर्षिय धर्मराज बेल्वासे रहेका छन् । वैशाख २६ गते देविराम र पिताम्बर (दुई दाजुभाई) घाँस काटेर फर्किने क्रममा उक्त जंगलमा बंदेल लगायत जंगली जनावरले सास्ती दिएको भन्दै आगो लगाएको र दिनेश थापा र दिपक विकलाई फोन गरेर पारीपट्टीको जंगलमा पनि आगो लगाउन भनेको बयान दिएको प्रमुख रिजालले जानकारी दिनु भयो ।
‘मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ ज्यान सम्बन्धी कसुरको दफा १८२ र हेलचेक्रराइँ गरी ज्यान मार्न नहुने (३) उपदफा (१) मा लेखिएदेखि बाहेक कसैको ज्यान मर्न सक्छ जस्तो नदिएको अवस्थामा कसैले कुनै काम गर्दा भवितव्यमा परी कसैको ज्यान गएमा निजलाई महिनादेखि दुई वर्षसम्म कैद वा बीस हजार रुपैँयासम्म गरिवाना वा दुवै सजाय हुने उल्लेख रहेको छ ।’ उनीहरु चारै जनालाई वैशाख ३१ गते पक्राउ गरी ज्यान सम्बन्धी कसुर मुद्या दर्ता गरी घटना बारे थप अनुसन्धान भैरहेको प्रमुख रिजालले जानकारी दिए ।
उक्त जंगलमा लागेको डढेलो एक्कासि बस्तीमा पस्दा चार जनाको जलेर मृत्यु भएको थियो । जंगलबाट सल्किएको आगो स्थानीय ५५ वर्षीय पदम बेलबासेको टिनले छाएको २ तले कच्ची घरमा आगलागी भएको थियो । सोही घरको आगो निभाउने क्रममा घरधनी पदम बेलबासे, ३६ वर्षीय माधव बेलबासे, ५२ वर्षीय घनश्याम बेलबासे, ७२ वर्षीय पिताम्बर बेलबासेको उपचारका क्रममा मृत्यु भएको थियो । आगलागीमा परेर गम्भीर घाइते भएकी २६ वर्षीय अस्मिता बेलबासेको अवस्था सामान्य छ । उनी अस्पतालबाट डिस्र्चाज भएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।
