अनिल खत्री। बिहिबार, चैत्र ०६, २०७६

गुल्मी । गुल्मीमा जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ को तुराङ्ग मजुवामा लु २ च ७७५१ नम्बरको जिप दुर्घटना हुँदा चालक धुर्कोट गाउँपालिका वडा नम्बर ६ निवासी २४ वर्षिय मनिस जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जजनाएको छ ।
दुर्घटनामा परेर जीपमा सवार चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षिय श्याम आचार्य र गुल्मीदवार गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षिय शिषिर गौतम गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । दुर्घटनामा घाइते २ जनालाई स्थानीय मेडिकलमा समान्य उपचारपछि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
जीप बिहिवार दिउसो तुराङ्ग पिपलपाटा जाँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेको जीप सडकमै पल्टीएको र दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]