
Lnp
Ggp
Sdc
Msbus
Ksbus
Asbus
Ggp
Ksbus
Rgp


काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर २१२० जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। २४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। देशभर २१ हजार ३०२ जना सक्रिय संक्रमित छन्।
नेपालमा एकै दिन आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २८ पुगेको छ। ७ वटा जिल्लाका २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा २८ वर्षीया महिला,ललितपुरमा ८३ र ६८,सिन्धुपाल्चोकमा ४१, दोलखामा ६५ वर्षीय पुरुष, चितवनमा ७६ वर्षीया महिला र कैलालीमा ७९ वर्षीय पुरुषको मृत्यु भएको छ। यसअघि शुक्रबार नेपालमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ।
