
Unsku
Djs
Rgp1
sbs
Pes
Pbu
cjs
Ggp
Gfs
Rgp
Lnp
Sgr
Srbpu
pku

Tsm
Ssm
Rgs
Gst
Bbu
Rgu
Wsp
Rsb
Pvg
Vor
Hal
nsb
Ggd
Ksm
Rgu
Asm
Bbbpu
Sls
Sbs

Ptm
Jmb
Gsb
Rpp
Mks
sab
Rmb
Syp
Jmb
Abd
Bml
Pls
bbt
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा कृषकले पालेका पशुचौपायामा (लम्फी स्किन डिजिज ) छालामा संक्रमण हुने रोग फैलिएको छ ।
राप्ती गाउँपालिकाको वडा नम्बर २,४,५ र ९ मा बढी मात्रामा यो रोग देखा परेको छ । रोगका कारण वडा नम्बर ५ पुनखाेलाका थमन सिंह गाहा मगर,लंक बहादुर घर्ती मगर र तेज बहादुर घर्ती मगरको एक एक ओटा गाेरु मरेकाे छ भने वडा नम्बर ५ कै करङ्गेकाेटका दिल बहादुर दर्लामी मगर,किम बहादुर कवँर मगर,बल बहादुर दर्लामी मगरकाे गाई र गोरु बिरामी परेका छन् ।
उहाँहरुको जस्तै पालिकाका करीब २ सय ५० भन्दा बढी पशु चौपाया बिरामी परेका छन् । हाल गाउँपालिकाले पशु सेवा प्राविधिक कमल पुन मगरकाे नेतृत्वमा गाउँ,गाउँमा टोली खटाई नि:शुल्क रुपमा उपचार गरिरहेको हूँदा अहिले प्रकोप कम हुँदै गएको बताइएको छ।
गाई,भैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने,थुतुनो,ओठ,मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने,र्याल काढ्ने,लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखिने राप्ती गाउँपालिकाका पशु शाखा प्रमुख जिवराज पाैडेलले जानकारी दिनु भयो ।
यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे,झिङ्गा लगायतको टोकाइबाट लाग्छ । रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुन्छ । संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गर्दछ।
यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाई,भैँसी खरिद गर्ने,गोठलाई झिङ्गा,लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नु पर्ने पशु सेवा प्राविधिक शेर बहादुर हमालले बताउनु भयो । याे राेग अफ्रिकी राष्ट्रबाट सन् २०१२ बाट मध्यपूर्व, दक्षिणपूर्वी यूरोप, रुस र कजाकास्तानमा फैलिएर सन् २०१९ मा बंगलादेश, भारत र चीनमा देखिएको थियो ।
नेपालमा सन् २०२० जुलाइ मा प्रयोगशालाबाट परीक्षण गरी लम्पी स्किन डिजिज रोग पत्ता लागेको थियो । भेक्टरबाट सर्ने यो रोगको प्रकोप मनसुन, गर्मी मौसममा बढी फैलने भएको हुँदा पशु स्वास्थ्य विशेषज्ञहरुले विशेष सतर्कता अपनाउन कृषकहरुलाई सुझाव दिएका छन् ।

