दिनेश रैदाश शनिबार, बैशाख १६, २०८०

दाङ । राष्ट्रिय जनमोर्चा लमही नगर समितिको दोश्रो सम्मेलन सम्पन्न भएको छ । नगर अध्यक्ष हरी थापाको अध्यक्षतामा भएको सम्मेलन को उदघाटन केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले बेलौतिको बिरुवा भएको गमलामा पानी राखेर गर्नु भएको थियोे ।

सम्मेलनमा जिल्ला सचिब बसन्त पौडेल,अखिल नेपाल किसान महासंघ जिल्ला सल्लाहकार बिष्णु भुसाल,अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष रुमाल बसेल,रक्तिम सास्कृतीक अभियान जिल्ला उपाध्यक्ष बुद्धबहादुर जि सि,अखिल नेपाल महिला संघ नगर अध्यक्ष बसन्ता खनाल लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियोे ।

त्यस्तै नगर उपाध्यक्ष तारा खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम को सहजीकरण नगर सचिब लेखराज आचार्य ले गर्नु भएको थियोे ।

सम्मेलनले हरी थापाको अध्यक्षतामा १९ सदस्यीय नगर समिती र ७ सदस्यीय सल्लाहकार समिती समेत चयन गरेको छ। जसको उपाध्यक्षमा तारा खनाल,सचिब बुद्धबहादुर जि सि,सहसचिब बसन्ता खनाल , कोषाध्यक्षमा बमबहादुर थापा चयन हुनु भएको छ । सदस्यहरुमा बासुदेब भट्टराई ,चेत प्रसाद गोराथोकी,पिताम्बर पोख्रेल,बिष्णु आचार्य,सुन्दर चौधरी,सीता खनाल,हरी प्रसाद पौडेल,गोपाल भट्टराई,नुमबहादुर पुन,कृष्ण भुसाल,सान्ता खडका , बिमला आचार्य,कृष्ण पन्थी,सान्ता भुसाल रहनु भएको छ ।

त्यस्तै सल्लाहकारहरुमा बिष्णु भुसाल,लेखराज आचार्य,झबिन्द्र आचार्य,बिष्णु खत्री,अनिल पौडेल,सोभकला खनाल,लोकेन्द्र परियार रहनु भएको छ । नब निर्बाचित समितिलाई जिल्ला सचिबालय सदस्य पदम प्रसाद गोराथोकीले मन्तव्यद्वारा बधाई दिनु भएको थियोे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]