Sidha Patra शुक्रबार, आश्विन १६, २०७७

काठमाडौं । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा प्रदेश राजधानी बनाउने सहमति बनेको छ ।

नेकपाको परिपत्र लगत्तै प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय प्रदेश सरकारले गरेको छ । उक्त क्षेत्रमा स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेश ५ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको छ । भालुवाङ’ स्थायी राजधानी र नाम ‘लुम्बिनी’ तोकर प्रदेश सभामा प्रस्ताव पेश भएको हो ।

उक्त क्षेत्रमा राजधानी तोकिएपछि जग्गाको भाउ मंहगीने अपेक्षा गरिएको छ। यसैबीच, राजधानी प्रस्ताव गरिएको क्षेत्रमा प्रदेश सरकारले जग्गा किनबेचमा रोक लगाएको छ । प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना मार्फत दाङका २ र अर्घाखाचीका एक क्षेत्रमा जग्गा कारोबारमा रोक लगाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश नहुँदासम्मका लागि सो क्षेत्रको जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको हो । राप्ती गाउँपालिकाको पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा यस्तो रोक लगाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। सो क्षेत्रमा प्रदेश राजधानीका संरचरना बनाउन जग्गाको अभाव नहोस् र जग्गाको अस्वाभाविक कारोबार नबढोस् भनेर यस्तो निर्णय गरिएको बताइएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]