Sidha Patra बिहिबार, बैशाख १४, २०८०

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन्।

संविधानको धारा १६८ उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

चैत १२ गते समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेर विस्वासको मत पाउन नसकेपछि बैशाख ११ गते यसअघिका मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकार ढलेको थियो । हाल मुख्यमन्त्री नियुक्त भएका चौधरीले नेपाली कांग्रेसका २७, नेकपा माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, लोसपा, जनमत पार्टिका ३/३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका १/१, जना गरी ५३ जना प्रदेशसभा सदस्यहरुले समर्थन गरेका थिए । लुम्बिनी प्रदेश सभा कूल ८७ सदस्यीय रहेको छ।

मुख्यमन्त्री नियुक्त भएका चौधरीलाई भोली १५ गते सपथ खुवाउने तयारी प्रदेश प्रमुख कार्यालयले गरेको छ । दाङ क्षेत्र नम्बर ३ (क) बाट गत मंसिरको प्रदेश सभा निर्वाचन जितेका चौधरी यसअघिको लुम्बिनी प्रदेशसभामा पनि मन्त्री बनेका थिए भने २०७० सालमा प्रतिनिधिसभामा निर्वाचित भएर राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । गैरसरकारी संस्थामा क्रियाशील हुँदै राजनीतिमा लागेका मुख्यमन्त्री चौधरी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रुपमा चिनिन्छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]