
Ksbus
Ggp
Rgp
Lnp
Asbus
Msbus
Sdc
Ggp
Ksbus


बाह्र महिनाको धैर्यतापछि
हरेक वर्ष घुम्दै आउने तिमी
आलस्यता त्याग्न लगाई
हरेक मानवमा जोस लिएर आऊनू।
देशको सम्पत्तिमा गिद्ध समान
लुछाचुडी गर्नेहरुका आदत
बदल्ने अठोट र हिम्मत
लिएर आऊनू।
चाकरी र चाप्लुसी खोज्ने
हाकिमका आदत सपारेर आऊनू
समाजमा भएका निराशाका काला
धब्बाहरु हटाउने प्रण गरेर आऊनू।
नयाँ वर्ष तिमीसँग धेरैले धेरै अपेक्षा
राखेकाछन् त्यसैले तिमी अल्लि
फरक ढङ्गले उमङ्ग लिएर आऊनू ।
अल्छीलाई झसङ्ग झस्काउँदै आऊनू।
अरुका कुरा काट्दै हिड्ने जिब्रो
चाहिने कुरा मर्म बुझेर बोल्ने बनाई आऊनू
हरेकमा अरुको सम्मान भाव लिएर आऊनू
प्रिय नयाँ वर्ष हरेकलाई यिनै सन्देशहरु!
दिदै आऊनू तिम्रो आगमनले हरेक
खुसी र हर्षले गदगद होऊन्
आक्रान्त आत्माहरु मलम पट्टि पाऊन्
तिमीसँग सहज ढङ्गले मायाप्रीति लाऊन्
प्रिय नयाँ वर्ष समाजमा विकासका
सपना पूरा गर्ने सामर्थ्य लिएर आऊनू
देश र जनताका वेदना साम्य पार्ने गरी आऊनू
मानवता हराउँदै गएको दुनियाँमा अलिकति
भए पनि मानवता लिएर आऊनू
तब हामी स्वागतका लागि आतुर हुनेछौं
अरुको उन्नति देख्न नसक्नेलाई
साधना गरेर उन्नति गर्ने गराई आऊनू
आफ्नै कार्यमा व्यस्त बनाई
खुराफात सबै हटाउने गरि आऊनू । तेजप्रसाद खनाल ललमही दाङ 
