
Rgp
Ggp
Unsku
pku
Rgp1
Djs
Sgr
Pbu
Srbpu
Pes
Ses
Gfs
Lnp
cjs

Rgs
Sls
Wsp
Ksm
nsb
Pvg
Rgu
Rsb
Hal
Bbbpu
Sbs
Tsm
Bbu
Vor
Gst
Asm
Ssm
Ggd
Rgu

Jmb
Pls
Bml
Ptm
Gsb
Abd
sab
bbt
Syp
Mks
Jmb
Rpp
Rmb
दाङ । आगोले जलेर उपचाररत रहनु भएका बिमला पुनलाई सहयोग प्रदान भएको छ ।
देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाकामा रहेको गौरी शंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण रोकाको पहलमा सोही वडाको स्याउले निवासी बिमलालाई नगद ३५ हजार सहयोग प्रदान भएको छ ।
यस सहयोग अभियानमा भैसाही नाका निवासी हाल केरलाबाट गगन बुढाले ५,१२०,धरम मायालु (राजु) सुनपथरी निवासी हाल केरलाबाट ४,८००,मोहन सुनार बर्दिया निवासी हाल केरला ३,२००,यामराज पुन सुनपथरी निवासी हाल केरला १,६००,खुम बहादुर पुन सुनपथरी निवासी हाल केरला १६००,निशान गुरुङ सुनपथरी निवासी हाल केरला १६००, डम्मर रोका मनौरा निवासी हाल साउदी ७,०००,नेटकुमार बुढा भौवा निवासी हाल साउदी ७,००० गरि जम्मा ३१ हजार ९२० रुपैया र यस अभियान चलाउने अभियान कर्ता गौरी शंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण रोकाबाट ३,०८० गरि जम्मा ३५,००० बिमलालाई सहयोग प्रदान गरिएको हो ।
गत पुस ३ गते मोटरसाइकल दुर्घटनामा परेर हाल राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा उपचाररत रहनु भएका अध्यक्ष रोकाले यस सहयोग कार्यमा अहोरात्र खट्ने भैसाही नाकाका समाजसेवी युवा गण बहादुर बुढा मगर र मनौरा नाकाका डम्बर रोकालाई धन्यवाद दिनु भएको छ । त्यस्तै उहाँले आर्थिक संकलन कार्यमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनलाई धन्यवाद दिदै अझै बिमलाको उपचारको लागि आर्थिक संकलन भइरहेको अध्यक्ष रोकाले सिधा-पत्रलाई जानकारी दिनु भयो ।
त्यस्तै बिमला अहिले ८ महिनाको छोरीसंग लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत रहनु भएको छ । बिमला निको नहुदासम्म उपचारका लागि सहयोग गर्न सम्पूर्णलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न अध्यक्ष रोकाले अनुरोध गर्नु भएको छ । बिमलाका श्रीमान रोजगारीको सिलसिलामा भारत गएको समय सवारी दुर्घटना परि मानसिक समस्यामा रहेको पारिवारिक श्रोतको भनाइ रहेको छ ।
