
Rgp1
Ggp
Djs
Sgr
Gfs
Srbpu
Unsku
Lnp
Ses
Pes
Rgp
pku
Pbu
cjs

Bbbpu
Rgu
Ksm
Asm
Hal
Bbu
nsb
Vor
Rgs
Rsb
Rgu
Sbs
Tsm
Pvg
Ggd
Ssm
Wsp
Gst
Sls

Gsb
Rmb
sab
Mks
bbt
Bml
Jmb
Abd
Ptm
Syp
Rpp
Pls
Jmb
दाङ । होटल पौवाले आफ्नो स्थापनाको ७ औं वर्ष बिबिध कार्यक्रम गरेर मनाएको छ । देशभर ११ वटा शाखा रहेको पौवाले सबै शाखाहरुमा छुट्टाछुट्टै कार्यक्रम राखेर स्थापना दिवस मनाएको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत पौवाको प्रधान कार्यालय सहित बुटवल शाखाले बुटवलको योगीकुटीबाट प्रभातफेरि सहित लुम्बिनी प्रादेशिक अस्पताल पुगेर बिरामीहरुलाई फलफुल वितरण गरेको छ । होटल पौवा घोराही दाङ शाखाले घोराही बजारको प्रभातफेरि सहित राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान घोराही दाङमा पुगेर होटल पौवा घोराही ब्रन्चका प्रबन्धक केडी शर्माको नेतृत्वमा अस्पतालमा भर्ना भएका सम्पूर्ण विरामीहरुलाई फलफुल वितरण गरेको छ । साथै धनगढी । भैरहवा शाखाले पनि गल्लामण्डी स्थित शाखाबाट प्रभातफेरि सहित भीम अस्पताल पुगेर बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।
त्यसैगरि पोखरा शाखाले र्याली सहित मानवसेवा आश्रम पुगेर त्यहाँ आश्रितहरुलाई फलाहार भोजन गराएर स्थापना दिवस मनाएको छ भने पाल्पा शाखाले लुम्बिनी मेडिकल कलेजको प्रसुती वार्डमा भर्ना भएका आमाहरुलाई फलफुल वितरण गरेको छ । उता रेशुङ्गा र गोरुसिङ्घे शाखाले स्थानी मन्दिर र सार्वजनिकस्थलको सरसफाई गरेर स्थापना दिवस मनाएको पौवाले जनाएको छ । पौवाको भालुवाङ शाखाले निलसागर आश्रममा आश्रितहरुलाई फलाहार भोजन । साथै धनगढी शाखाले सेती प्रादेशिक अस्पतालमा भर्ना रहेका बिरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले बताए । उनका अनुसार जुम्ला शाखाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रसुती वार्डमा फलफुल वितरण गरेको छ ।
यस्तै स्थापना दिवस मनाउन पौवामा आवद्ध कर्मचारी, लगानीकर्ता र शुभचिन्तकहरु नेपाली खना हाम्रो गौरव, नेपाली खानामा नेपाली उत्पादन प्रयोग गरौं, नेपाली पोशाक हाम्रो पहिचान, म नेपाली खाना मन पराउँछु, म नेपाली उत्पादन प्रयोग गर्छु जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विभिन्न जिल्लामा प्रभातफेरिमा निस्केको होटल पौवा घोराही दाङका प्रबन्धक केडि शर्माले जानकारी दिनुभएको छ ।

