
Pes
Lnp
cjs
Ggp
Rgp
Srbpu
Unsku
Sgr
Ses
Gfs
Djs
Rgp1
pku
Pbu

Vor
Gst
Sls
Rgu
Sbs
Rgs
Rgu
Wsp
nsb
Asm
Ksm
Pvg
Hal
Bbbpu
Tsm
Ggd
Ssm
Bbu
Rsb

Bml
Mks
bbt
Rpp
sab
Abd
Rmb
Jmb
Syp
Gsb
Jmb
Pls
Ptm
दाङ । देउखुरीको गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा सामुदायिक मेलमिलापकर्ताका लागि ४८ घण्टे आधारभुत तालिमको उद्घाटन गरिएको छ ।
गढवा गाउँपालिका न्यायिक समिति संयोजक तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको छ ।
त्यस्तै तालिम उद्घाटन कार्यक्रममा बोल्दै न्यायिक समितिकी संयोजक एवं गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले न्यायिक समितिका काम प्रभावकारी बनाउने र समुदाय स्तरमा पनि मेलमिलापका कामलाई थप सहज बनाउन तालिम सञ्चालन गरिएको जानकारी दिनु भयो । मेलमिलापबाट दुवै पक्षले न्यायको अनुभूति गर्ने भएकाले मेलमिलाप प्रक्रियालार्ई विशेष महत्त्वका साथ तालिमको आयोजना गरिएको बताउनु भयो।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले तालिम पश्चात मेलमिलापकर्ताले न्यायको सिद्धान्त र आफ्नो मर्यादालाई ख्याल गर्दै सहजीकरण गर्नुपर्नेमा जोड दिनु भयो । ४८ घण्टे तालीम धेरै महत्वका साथ लिए न्याय प्रमालीमा थप सहयोग पुग्ने अपेक्षा आफ्नो रहेको बताउनुभयो ।
त्यस्तै मेलमिलापको सिद्धान्त,उपादेयता, मेलमिलापकर्ताका गुण, विशेषता, क्षेत्राधिकार तथा यसको सही प्रयोगलगायत विषयमा जानकारी गराउने उद्देश्यले गढवा गाउँपालिकाको सभाहलमा बिहिबारदेखि तालिम सुरु भएको हो। तालिमको उद्घाटन कार्यक्रममा गढवा गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष लेखराज थापा, गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, न्यायिक समिति सदस्य रेखा थापा, देवीलाल थारु कुमाल, गढवा गाउँपालिका न्यायिक समितिका सुरेश पौडेल लगाएतकाको उपस्थिति रहेको थियो। तालिमको प्रमुख प्रशिक्षकहरुमा दाङ देउखुरी जिल्ला अदालतका शाखा अधिकृत राजेन्द्र कुमार शर्मा रहनु भएको छ भने प्रशिक्षकहरुमा अधिवक्ता अर्जुन कुमार अधिकारी र रोहित चौधरी रहनु भएको छ । समुदाय स्तरमा मेलमिलापका काम गराउँदै आएका २४ जना सामुदायिक मेलमिलापकर्ता उक्त तालिममा सहभागी रहनु भएको छ।
मेलमिलाप र स्थानीय तह, मेलमिलापका थप सीप, हानि नगरौँ सिद्धान्त र मेलमिलाप, मेलमिलापमा अवरोधको अवस्था र अवरोध हटाउने तरिका, मेलमिलापको प्रक्रिया तथा चरणलगायत विषयमा तालिम दिइनेछ । तालिममा गढवा गाउँपालिका न्यायिक समिति सदस्य रेखा थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गर्नु भएको थियो ।

