
Pes
Unsku
pku
Gfs
Rgp1
Lnp
Pbu
Ggp
Djs
cjs
Sgr
Srbpu
Ses
Rgp

Rgu
Rsb
Asm
Hal
Tsm
Sls
Rgs
Pvg
nsb
Wsp
Bbbpu
Sbs
Gst
Rgu
Ssm
Ksm
Ggd
Bbu
Vor

Bml
Rpp
Abd
Ptm
sab
Rmb
Jmb
bbt
Syp
Pls
Jmb
Mks
Gsb
दाङ । दाङमा बालविवाह गरेको आरोपमा प्रहरीले किशोरकिशोरीसहित तीन जनालाई पक्राउ गरेको छ । विवाह गर्दै गरेको अवस्थामा प्रहरीले मंगलबार दुलाहादुलहीसहित विवाह गराउन सहयोग गरेको आशंकामा दुलहीकी अन्टी नाता पर्ने ३७ वर्षीया एक महिलालाई पनि नियन्त्रणमा लिएको हो ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गहतेराकी १५ वर्षीया किशोरी र वडानम्बर ८ हाँसिपुर स्यालाका १६ वर्षीय किशोर र एक जना महिलालाई नियन्त्रणमा लिएको हो । उनीहरुविरुद्ध बालविवाहको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताए ।
त्यस्तै केटाकेटीका परिवारले आपसी समझदारीमा विवाह गराएको उनले बताए । यसबारे थप अनुसन्धान अघि बढेको उनले जानकारी दिए ।
