Sidha Patra सोमबार, आश्विन १२, २०७७

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका ८ जना प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।आइतबार राति सार्वजनिक रिपोर्ट अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापासहित ८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले संक्रमित प्रहरीहरुलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको छ ।‘उहाँहरुलाई केही समस्या छैन, हाम्रै आइसोलेसनमा बस्नु भएको छ’–एसपी गुरुङले भने ।

कोरोना संक्रमण देखिएका डिएसपी थापाले आफूलाई ज्वरो र खोकी लागे पनि अन्य प्रहरीमा लक्षण नदेखिएको बताए । उनले नारायणी अनलाइनसंग भने–‘मलाई हल्का रुघा खोकी, ज्वरो आएको थियो, परीक्षण गराउँदा पोजिटिभ देखियो, अहिले सामान्य छु ।’यसअघि वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा संक्रमण देखिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]