
Unsku
Ggp
pku
Srbpu
Rgp1
Rgp
Sgr
Ses
Pbu
Lnp
Djs
cjs
Pes
Gfs

Rsb
Bbu
Sbs
Vor
Rgu
Pvg
nsb
Bbbpu
Tsm
Gst
Asm
Wsp
Rgs
Ksm
Ggd
Hal
Sls
Rgu
Ssm

Jmb
Rmb
Mks
Syp
Bml
sab
Ptm
Jmb
bbt
Rpp
Pls
Gsb
Abd
दाङ । लुम्बिनी प्रदेश सरकारले विद्युत महशुल नबुझाउँदा प्रदेशसभा चार घण्टा विद्युतविहीन हुन पुगेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्युत महशुल नबुझाउँदा सोमबार चार घण्टा विद्युत कटौती भएको हो। १ बजे प्रदेशसभा बैठक बस्ने सूचना थियो र बैठक बस्नुअघि विद्युत काटिएको थियो।विद्युत काटिएकै कारण ४५ मिनेट ढिलो बैठक बसेको थियो । जेनेरेटर चलाएर बैठक सञ्चालन गरिएको थियो।
नेपाल विद्युत प्राधिकरण लमही शाखाले प्रदेश सरकारले विद्युत महशुल नबुझाएको भन्दै लाइन काटेको थियो । प्रदेशसभा सदस्य दीपेन्द्र पुनले विद्युत काटिएका कारण अपमान भएको बताए। यस्तो अपमान सहन सकिँदैन। पैसा तिर्नु थियो, अस्तिको दिन काट्या भए हुन्थ्यो। पाँच मिनेट अगाडि काटिँदा योभन्दा ठूलो इन्सल्ट के हुन्छ,’ उनले भने,‘प्राधिकरणको प्रमुखले लिखित या मौखिक जवाफ यहाँ दिनु पर्छ।’
यस्तै,अर्का प्रदेश सभा सदस्य बसिउद्दिन खाँले विद्युतको सामान्य महशुल नतिरेर सदनको मानहानी गरेको आरोप लगाए। ‘एउटा विद्युतको सामान्य बिल नतिरेर हाम्रो सदनको मानहानी गर्नुभएको छ,’ उनले सम्बोधनको क्रममा भने,‘मानहानी गरेबापत मुख्यमन्त्रीले रोष्ट्रमबाटै माफी माग्नुपर्छ।’ प्रदेश सरकारले ७ लाख ६३ हजार ३ सय ५० रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी छ । यो महशुलमा एक लाख २१ हजार ६ सय ५२ रुपैयाँ हर्जना रहेको कार्यालय प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए ।
त्यस्तै पहिला विद्युत जडान प्रदेशसभा सचिवालयको नाममा थियो। केही महिनाको विद्युत महशुल प्रदेशसभा सचिवालयले तिरेको देखिन्छ । पछि सबै विद्युत महशुल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तिर्ने गरी मिटर नामसारी गरियो । बाँकी चार महिनादेखि विद्युत महशुल तिर्न बाँकी छ । विद्युत प्राधिकरणले महशुल बुझाउने विषयमा मुख्यमन्त्री कार्यालयमा पत्रसमेत पठाएको थियो । नियमित विद्युत महशुल बुझाउने विषयमा प्रमुख सचिवसँग समेत छलफल गरेको विद्युत प्राधिकरण कार्यालयले जनाएको छ ।
यस्तै बक्यौता धेरै हुँदा लाइन काटिएको विद्युत कार्यालयका प्रमुख लामिछानेले जानकारी दिए । तर, विद्युत महशुल बुझाउने विषयमा मुख्यमन्त्री कार्यालय र प्रदेशसभा सचिवालयबीचको छलफलमा पछि तिर्ने सर्तमा काटिएकै दिन विद्युत जडान गरिएको कार्यालयले जनाएको छ । प्रदेशसभा बैठक चलिरहेकाले काटिएको विद्युतसमेत जडान गर्न विद्युत प्राधिकरणलाई दबाब परेको देखिन्छ । १६० र ३०० केभिए ट्रान्सफर्मरबाट लाइन जडान भएको थियो । विद्युत काटिँदा प्रदेशसभातर्फ विद्युत सप्लाइ बन्द भएको थियो भने मुख्मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भने विद्युत सुचारु अवस्थामा रहेको थियो ।
