
Rgp
Lks
Lnp
ksb
Rgp
Asb
Usb
Ggp
Rgp
lnp
Jns
Sgp
Dus
Rgp
Ggp

lms

प्यूठान । प्यूठानमा बाटो खन्दाखन्दै खसेको पहिरोमा परी चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार बिहान पौने ११ बजेतिर मदन भण्डारी लोकमार्ग अन्तरगत माण्डवि गाउँपालिका वडा नम्बर १ डामृखोला नजिकै बाटो खनिरहेको बा २ क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो। सडक माथिवाट खस्दै गरेको पहिरो देखेर ज्यान वचाउन जेसिवीवाट हाम फालेका चालक अर्घाखांचीको सितगंगा नगरपालिका ८ लापेका ४० वर्षिय नरसिंह वुढा मगरको घटनास्थलमै मृत्यु भएको मल्लले जानकारी दिनु भयो ।
