
Lnp
Pbu
Srbpu
Pes
Rgp
Djs
Gfs
pku
Sgr
Rgp1
cjs
Ggp
Ses
Unsku

Sls
Asm
nsb
Tsm
Ksm
Gst
Rgs
Vor
Hal
Sbs
Bbu
Rgu
Bbbpu
Rgu
Rsb
Ssm
Wsp
Pvg
Ggd

Ptm
sab
Jmb
Rmb
Syp
bbt
Mks
Abd
Jmb
Gsb
Bml
Rpp
Pls
दाङ । आगोले जलेर उपचाररत रहेकी देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकाका बिमला पुन मगरलाई आर्थिक सहयोग भएको छ ।
करिब डेढ महिनादेखि घरमै आगोले पोलेको घाउको पीडामा तड्पिरहनु भएकी बिमलालाई यहीँ चैत महिनाको १३ गते मात्र दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । तर उपचार गर्ने रकम नभएपछि बिमलालाई आफन्त कहाँ राखिएको अबस्थामा शुक्रबार सामाजिक अभियनता सम्झना बुढाको पहलमा संकलन भएको ५० हजार नगद रकम हस्तान्तरण गरिएको हो ।
बिरामी अबस्थामा रहेकी बिमला आफ्नै घरमा ८ महिनाकी छोरीसंग आगो तापेर बसिरहेको समयमा एक्कासी बेहोस भएर आगोमा जलेर गम्भीर घाइते भएकी बिमलाको दुबै खुट्टा र हात जलेको उहाँका पारिवारिक श्रोतले बताएको छ । बिमलालाई घरबाट स्थानीयले बोकेर अस्पताल पुराएका थिए ।
बिमलाको आर्थिक अबस्था कम्जोर रहेको हुँदा उपचार गर्न साह्रै गाह्रो भएको थियो । तर आगोले जलेकी बिमलालाई उपचार गर्न गाह्रो भएको खबर पाउदा साथ यता सामाजिक अभियन्ता सम्झनाले आर्थिक संकलन कार्यको अभियान सुरु गर्नु भयो । देश,बिदेशमा रहनु भएका आफन्तसंग बिमलाको उपचारमा भएको समस्या बताएपछि सम्पूर्ण आफन्त र साथीहरुले तत्काल उपलब्ध गराएको उक्त रकमलाई सम्झनाले शुक्रबार बिमलाका आफन्तलाई अस्पतालमै पुगेर हस्तान्तरण गर्नु भएको हो ।
त्यस्तै उक्त आर्थिक सहयोग रकम हस्तान्तरण गर्दै
सामाजिक अभियन्ता सम्झनाले यस अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ । बिमलाको उपचारमा अझै धेरै रकम लाग्ने भएको हुँदा पुनःउपचारको लागि सहयोग संकलन कार्यमा सहयोग गर्न सम्पूर्णमा हार्दिक अपिल समेत गर्नु भएको छ ।
बिमलालाई शुक्रबारनै थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । बुटवल प्रस्थान गर्दैगर्दा बिमलाले आफ्नो उपचारमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै अझै सहयोग गर्न सम्बन्धित निकाय र सहयोगी मनलाई अनुरोध गर्नु भएको छ ।
बिमलाका श्रीमान रोजगारीको सिलसिलामा भारत गएको र उहाँ सवारी दुर्घटनामा परि मानसिक अबस्थामा ठिक नभएको पारिवारिक श्रोतले बताएको छ ।
