Sidha Patra शनिबार, चैत्र १८, २०७९

वीरगञ्ज । प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजासहित ७ जनालाई पक्राउ गरेको छ ।

जगरनाथपुर गाउँपालिकाको जानकीटोला चोक, वीरगञ्ज महानगरपालिकाको मिलनचोक र रजतजयन्ती चोकबाट गाँजासहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चैत १७ गते अपराह्न ४ बजे जगरनाथपुर २ जानकीटोला चोकबाट पर्साको छिपहरमाई गाउँपालिका ४ बस्ने २२ वर्षीय चन्दन कुमार साह, २० वर्षीय अरवाज आलम र २४ वर्षीय सुनिल कुमार गुप्ता पक्राउ परेका छन् ।

त्यस्तै ना.१४ प ७२२४ नम्बरको मोटरसाइकलमा जानकीटोलाबाट भिखमपुरतर्फ जाँदै गरेका चन्दन र अरवाजको साथबाट प्रतिबन्धित लागु औषध गाँजा ३ किलो फेला परेको प्रहरीको दाबी छ । प्रारम्भिक अनुसन्धानपछि लागु औषध किनबेचमा संलग्न भएको आरोपमाम प्रहरीले सुनिललाई पनि पक्राउ गरेको थियो ।

प्रतिबन्धित गाँजासहित वीरगञ्ज ३१ मिलनचोकबाट दुई जनालाई पक्राउ गरिएको हो । प्रहरीले चितवन राप्ती नगरपालिका ११ बस्ने २९ वर्षीय बुद्धिराज घलान र पर्साको पर्सागढी नगरपालिका ३ बस्ने ४२ वर्षीय पासाङ लामालाई गाँजासहित पक्राउ गरेको जनाएको छ । चैत १६ गते बिहान जीतपुरबाट बडनिहारतर्फ जाँदै गरेको प्र.-२-०३-००१ ह २२७ नम्बरको अटोमा सवार उनीहरुको साथबाट किलो गाँजा बरामद भएको प्रहरीको दाबी छ ।

त्यसैगरि प्रहरीले वीरगञ्ज महानगरपालिका १६ रजत जयन्ती चोकबाट लागु औषध सहित थप २ जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १ बस्ने ३६ वर्षीय सञ्जिव केशरी, चितवन भरतपुर महानगर ४ रामघाट बस्ने २५ वर्षीय विशाल श्रेष्ठलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेका सञ्जिवले ना.३२ प ९४०३ नम्बरको मोटरसाइकलको सिटमुनी कालो प्लाष्टिक लागु औषध नाईट्राभेट ट्याबलेट २० पत्ता अर्थात ६ सय थान ल्याएका थिए । विशालको साथबाट औषध फेनारगन-४७ एम्पुल, डाईजेपाम-४७ एम्पुल, नुफिर्न-४७ एम्पुल गरी जम्मा १४१ एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै लागु औषध सहित ७ जनालाई हिरासतमा राखेर लागु औषधसम्बन्धी कसुरमा पर्सा जिल्लाबाट म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]