
Sgr
Pbu
pku
Unsku
Djs
cjs
Srbpu
Gfs
Ggp
Rgp
Pes
Lnp
Rgp1
Ses

Vor
Rsb
Ssm
Sls
Asm
Bbbpu
Wsp
Rgs
Sbs
Ggd
Ksm
Pvg
Rgu
Hal
nsb
Rgu
Bbu
Tsm
Gst

Pls
Rmb
Jmb
Syp
Bml
Gsb
Ptm
Jmb
sab
Abd
Mks
Rpp
bbt
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान आठ बजेदेखि सुरु भएको हो । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिँदैछन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् ।
त्यस्तै जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए । एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् ।
यस्तै बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ । सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा छन् । कर्णालीमा ४१ हजार ३२९ परीक्षार्थी र १७९ परीक्षा केन्द्र छन् ।
