श्रवण बस्नेत/लमही बिहिबार, चैत्र १६, २०७९

दाङ । लमही नगरपालिका वडा नम्बर ३ स्थित रहेको लुम्बिनी प्रदेश कै चर्चित पर्यटकीय स्थलकाे रुपमा चिरपरिचित धार्मिक तथा पर्यटकीय स्थल जखेराताल फेदीदेखि उत्तरतर्फचुरे पहाडसम्मकाे ७ सय मिटर पदमार्ग तथा भगवान गाैत्तम बुद्धकाे मुर्ति निर्माणकार्य सुरु भएको छ ।

यहीँ चैत्र २ गतेदेखि निर्माण कार्य सुरु भएको हाे ।लुम्बिनी प्रदेश पर्यटन मन्त्रालयकाे कुल पचास लाखकाे लगानीमा निर्माण कार्य सुरु भएको हाे । जसकाे हालसम्म ३५ प्रतिसत निर्माणकार्य पूरा भएको जखेरा शिवालय धार्मिक तथा पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लाेकमणि बन्जाडेले जानकारी दिनु भएको छ ।त्यस्तै उहाँका अनुसार पर्यटकहरु पदमार्गकाे आनन्द संगसंगै तालमा पर्यटकहरुका लागि आकर्षण गर्ने मुख्य उदेश्यले यस्ताे कार्य गरिएकाे उहाँले बताउनु भयाे । कुल तीन किलोमिटर पदमार्ग निर्माण कार्य गरिने गुरुयोजना अन्तरगत हाल यस वर्ष जम्मा सात सय मिटर मात्रै निर्माण गरिने भएको उहाँले जानकारी दिनु भयाे ।

पदमार्ग र मुर्ति स्थापना यहीँ असार मसान्तसम्म पूरा गरिने भएको बताएको छ । त्यस्तै जखेरा ताल परिसरमा पनि विकासले गतिलिएकाे छ । हाल तालमा रहेको पानी सुकाउने कार्य सुरु भइसकेको महासचिव बन्जाडेले बताउनु भयो । त्यस्तै तालकाे सफाइ गराउने,टिकट काउन्टर निर्माण, आधुनिक साैचालय निर्माण,वरिपरि वाल निर्माण, पिकनिक स्थल निर्माण लगायतका अन्य कार्यपूरा गरिने बताइएको छ । जसको सघन शहरी तथा भबन डिभिजन कार्यालय घाेराही दाङको टेन्डरमा नेपाल सरकार शहरी बिकाश मन्त्रालय मार्फत कुल पाँच कराेडकाे लगानीमा निर्माण कार्य सुरु भएको हाे । २०८० चैत्र मसान्तसम्म निर्माणकार्य पूरा हुने समितिले बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]