Sidha Patra बुधबार, चैत्र १५, २०७९

विराटनगर । मोरङको रंगेलीबाट प्रहरीले २३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार जना भारतीय छन् ।

मंगलबार प्रहरी टोलीले रङ्गेली नगरपालिका-२ चेका खोलास्थित गहुँबारीबाट दुई भारतीय नागरिकलाई १५० किलो गाँजासहित पक्राउ गरेको थियो । चेकजाँचका क्रममा भारत अररियाका २९ वर्षीय दिपक झा र ३० वर्षीय सिन्टुकध कुमार सिंह १५० किलो गाँजासहित पक्राउ परेको मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए ।

यस्तै पक्राउ परेकाहरुले रङ्गेली नगरपालिका-३ रन्जनीस्थित वीरबहादुर कार्कीको घरमा गाँजा ल्याएको बताएपछि प्रहरी उनको घरमा खानतलासीका लागि पुगेको थियो । घर खानतलासी गर्दा थप ८४ किलो गाँजा भेटेको प्रहरीले सो स्थानबाट कार्कीसहित गाँजा ओसारपसारमा भारतीय नागरिक २४ वर्षीय प्रबिण पासवान र विष्णुकान्त मिश्रलाई पक्राउ गरेको थियो ।

त्यस्तै दुई स्थानबाट २३४ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । पाँचै जनाविरूद्ध मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]