
pku
Ses
cjs
Unsku
Djs
Pbu
Rgp
Lnp
Sgr
Ggp
Rgp1
Gfs
Srbpu
Pes

Asm
Ksm
Ggd
Bbu
Wsp
Pvg
Hal
Tsm
Rsb
Rgs
Rgu
Vor
Gst
Bbbpu
Ssm
Rgu
Sbs
nsb
Sls

Pls
Ptm
Rmb
Abd
Jmb
Gsb
Mks
Jmb
bbt
Bml
sab
Syp
Rpp
दाङ । शैक्षिक सुधारकालागि देउखुरीको गढवा गाउँपालिकाले बृहत्त शैक्षिक सम्मेलन गरी बिभिन्न योजनाहरु तयार गरेको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल बिश्वाँसको अध्यक्षता र लुम्बिनीनी प्रदेशका पुर्व भौतिक तथा पूर्वाधार मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
उत्पादनमुखि शिक्षा आजको आवश्यकता भएको मंगलवार गढवा गाउँपालिकाले आयोजना गरेको बृहत्त शैक्षिक सम्मेलनमा लुम्बिनी प्रदेश सरकारका निवर्तमान भौतिक पुर्वाधार मन्त्री इन्द्रजित थारुले बताउनुभयो । समाज बिकासको बलियो माध्यम नै शिक्षा क्षेत्रको समृद्धि भएको औंल्याउदै आजको शिक्षा उत्पादनमुखि र ब्यवहारीक हुनुपर्ने उहाँले बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत स्थानीय सरकारलाई २३ वटा अधिकारहरु प्रत्याभूत भएको भन्दै स्थानीय सरकारले ऐन, नियमावली र कार्यबिधि बनाएर बृहत्तर शैक्षिक सुधारका योजनाहरु कार्यान्वयन गर्न गराउन बुझाई राख्नुपर्ने सुझाव दिनुभयो । शिक्षा क्षेत्रमा देखिएका बिकृति र बिसंगतिहरु हटाउन स्थानीय सरकारले नियमन र अनुगमनको पाटोलाई समेत प्रभावकारी ढंगले कार्यान्वयन गर्न जरुरी भएको उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै संबिधानसभाका पुर्व सांसद रश्मिराज नेपालीले शासकीय प्रणलीमा परिवर्तन भएपनि शैक्षिक प्रणालीमा कुनै परिवर्तन हुन नसकेको बताउनु भयो । शिक्षक कर्मचारीका छोराछोरीलाई प्राइभेट स्कूलमा होइन सरकारी बिद्यालयमा पढाउने निती बनाइए मात्र सरकारी स्कूलको शैक्षिक गुणस्तर बृद्धि हुन सक्ने उहाँले बताउनु भयो । सो अवसरमा शिक्षाबिद् बिद्यानाथ कोइरालाले नेपालका शिक्षकहरुले पेशागत दायित्वलाई भन्दा राजनितीमा बढी चाँसो राख्ने गरेको, प्राबिधिक टेक्नोलोजी प्रति ज्ञानको कमी भएको र स्थानीय सरकार तथा बिद्यालय प्रशासनले अनुगमन र नियमनको पाटोलाई ब्यवस्थापन गर्न नसकेका कारण शिक्षामा गुणस्तर बृद्धि हुन नसकेको बताउनु भयो । शिक्षकहरुले नियमित मुल्यांकन, गे्रडिङ र अनाुसन्धानको पाटोलाई अबलम्बन गरि कर्तब्य र अधिकारको सन्तुलन मिलाउन सक्नुपर्ने शिक्षबिद् कोइरालाले सुझाव दिनभयो । स्थानीय सरकारले शिक्षा ऐन, निती, नियमावली र कार्यबिधि बनाएर अगाडी बढ्न र कुनैपनि हालतमा हैन, छैन, हुदैन र सकिदैन भन्ने मानसिकता त्याग्न आव्हान गर्नुभयो ।
कार्यक्रममा शैक्षिक क्षेत्रका बिज्ञ ब्यक्तित्वहरु कमल सिलवाल र अरुण सुवेदीले समुदाय, ब्यवस्थापन, शिक्षक, शिक्षा पद्धती र पठन–पाठन सिप सम्बन्धि प्रशिक्षण दिनुभएको थियो । गढवा गाउँपालिकाले शैक्षिक सुधारका लागि पालिकाभरका सरकारी तथा निजी बिद्यालयका प्रधानाध्यापकहरु, जनप्रतिनिधीहरु,राजनितिक दल, पेशागत संघ संगठनका अगुवाहरु,बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु,संघसंस्था,नागरिक समाज, सुरक्षा निकाय र पत्रकारहरुको समेत बृहत्त उपस्थिति माझ शिक्षा बिद्हरु झिकाएर शैक्षिक सुधारका लागि बिशेष योजनाहरु बनाउन शैक्षिक सम्मेलनको आयोजना गरेको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागिहरुको अलग–अलग समूह बनाएर गाउँपालिकाको शैक्षिक सुधारकालागि योजनाहरु बनाएर कार्यान्वयन गर्न सुझाबहरु संकलन गरिएको गढवा गाउँपालिकाका शिक्षा प्रमुख श्याम बिकले जानकारी दिनुभयो । जस अनुसार निजी र सरकारी बिद्यालयको पाठ्यक्रम र शैक्षिक क्यालेण्डर एउटै हुनुपर्ने,स्वयंसेवक शिक्षकहरुलाई समकालिन शिक्षकका रुपमा नामाकरण गर्ने तथा पारिश्रमिकमा एकरुपता हुनुपर्ने, बिद्यालयका कक्षाहरुलाई अगे्रजी र नेपाली माध्यम भनेर घोषणा गर्न नहुने, बिद्यार्थीहरुको दिवा खाजाको परिणाम र प्रकार बृद्धि गर्नुपर्ने, टाढाबाट आउने बिद्यार्थीहरुलाई सरकारी बिद्यालयहरुमा आवासको ब्यवस्थापन र अनाथ वालवालीकाहरुलाई प्याकेजका रुपमा पोशाक र शैक्षिक सामाग्री निःशुल्क उपलब्ध गराइनु पर्ने, बिद्यार्थी भर्ना भएको १५ दिनभित्रै पाठ्ण्पुस्तक उपलब्ध गराउनुपर्ने र ५० भन्दा बढी बिद्यार्थ भएमा अलग शेषनको ब्यवस्थापन गर्नुपर्ने कुरामा सहभागिहरुले सुझाव राखेका छन् ।
त्यसैगरी शिक्षकहरुलाई ल्यापटप र पेनड्राईभको ब्यवस्थापन हुनुपर्ने, प्रबिधि सम्बन्धि तालिम संचालन गर्नुपर्ने, कक्षा कोठामा प्रोजेक्टरको ब्यवस्थापन तथा गेटमा आगन्तुक पुस्तिका हुनुपर्ने, समयमा बिद्यालयमा नजाने शिक्षकहरुलाई बिद्यालय प्रबेश बन्द गर्नुपर्ने,अतिरिक्त कृयाकलापहरुमा नियमितता हुनुपर्ने,स्थानीय सरकारबाट नियमित अनुगमन तथा सुपरिबेक्षण गरि दण्ड र पुरस्कारको ब्यवस्था गर्नुपर्ने, मातृभाषको पठन–पाठन,शिक्षक बिद्यार्थीहरुलाई पोशाक र परिचयपत्रको अनिवार्यता,कक्षा ६ देखि प्रबेश परिक्षाको अबधारणा कार्यान्वयन, शिक्षा बिज्ञहरु छनोट गरि पालिकाभरका बिद्यालय तथा शिक्षकहरुको मुल्यांकन पद्धतिको बिकास गरिनुपर्ने, ट्युशन र कोचिङ कक्षाहरु पुर्ण रुपमा बन्द गर्नुपर्ने, सम्बन्धित शिक्षकहरुले आफै प्रश्नपत्र बनाउन पाउनुपर्ने, स्थानीय स्तरको पाठ्यक्रम लागु गर्नुपर्ने, हरेक ३ बर्षमा प्रअ र २ बर्षमा शिक्षकहरु बिद्यालय सरुवा गराउनुपर्ने, वालमैत्रि पुर्वाधार र लाईब्रेरीको ब्यवस्थापन हुनुपर्ने, अभिभावक भेलामा अनिबार्य अभिभावकको उपस्थिती हुने वातावरण मिलाईनुपर्नेशिक्षक दरबन्दि मिलान,युग अनुसारको प्रबिधीको बिकास, बिद्युतिय हाजीरी कार्यान्वयन र ७० प्रतिशत बिद्यार्थी उत्तिर्ण नभएकमा बिषयगत शिक्षकको बढुवा रोक्ने तथा प्रअको पद खारेज गरिनुपर्ने तथा हरेक बर्ष बिज्ञहरुको उपस्थिति सहितको शैक्षिक सम्मेलन आयोजना गरि सुधारका योजनाहरु कार्यान्वयन भए नभएको बारेमा समिक्षा गरिनुपर्ने लगायतका सुझावहरु सम्मेलनबाट प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।
गढवा गाउँपालिकाले संकलीत सुझाब बमोजिम आगामी गाउँसभाबाट शिक्षा ऐन, नियमावली तथा कार्यबिधी बनाएर शैक्षिक सुधारका बृहत्तर कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाका अध्यक्ष शर्माले बताउनुभएको छ । हाल स्थानीय पठ्यक्रम लागु गर्न बिभिन्न चरणका कामहरु पुरा गरिसकेको र स्वयंसेवक शिक्षक परिचालन कार्यबिधि बनाएर स्वयंसेवक शिक्षकहरुको नियुक्ती तथा बिद्यालय दरबन्दि मिलानको काम गरिसकेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने गरि काम गर्ने छौं–अध्यक्ष शर्माले भन्नुभयो । गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरीको स्वागत मन्तब्य, प्रमुख प्रशासकीय अधिकृत आषिस चौधरीको बिषय प्रबेश बाट अघी बढेको कार्यक्रमको सहजीकरण शिक्षा प्रमुख श्याम बिकले गर्नुभएको थियो ।

