
Unsku
Rgp
Rgp1
Lnp
Ggp
Srbpu
cjs
Ses
Djs
pku
Sgr
Gfs
Pbu
Pes

Asm
Bbbpu
Wsp
Rgu
Sls
Ssm
Gst
Rsb
Sbs
Vor
Ggd
Hal
Rgs
Tsm
Ksm
Bbu
Pvg
nsb
Rgu

Abd
Jmb
Syp
Mks
sab
Rpp
Pls
Gsb
Rmb
Jmb
bbt
Ptm
Bml
दाङ । तुल्सीपुरमा विभिन्न ट्राफिक सचेतना गतिविधिहरु मध्ये ट्राफिक सुरक्षा र दुर्घटना रोकथाम र अपराधिक कार्यहरूको न्यूनीकरणको उदेश्यले ठालिएको तुल्सीपुर ट्राफिक प्रहरीले कार्वाही तीब्र सुरु गर्न थालेको छ ।
ध्वनी प्रदुषण बढाउने र मोटरसाइकलको रङ्ग र त्यसको आकार प्रकारमा फेरबदल गर्ने माथी यो कार्वाही गर्न थालेको दाङ तुल्सीपुर ट्राफिक प्रहरी कार्यालय तुल्सीपुरका ट्राफिक प्रमुख तिर्थ राज भुसालले जानकारी दिएका छन् । उहाँको अनुसार मोटरसाइकल हर्न साइलेन्सर स्टिकर रंगरोगन इत्यादि जस्तो किर्या कलापलाई रोक्न तुल्सीपुर ट्राफिक प्रहरीले यो अभियान थालेको हो ।
यस्ता किर्या कलापले गर्दा सवारी दुर्घटना र अपराधीक गतीबिधीमा वृद्धि हुने भएकोले यसको रोकथामको लागि ट्राफिक प्रहरीहरुले यो चेकजाँच र कार्वाहीमा बढी ध्यान दिएको ट्राफिक प्रमुख भुसालले बताए यस्तो कार्य गरेको पाएमा कार्वाही थालेको र मोटरसाइकल मोडीफाई गर्ने मिस्टरी र सवारी साधन माथि कडा निगरानी समेत राख्दै आएको बताएका छ्न । त्यस्ता ब्यक्तिलाई कार्वाही गरि मोटरसाइकल नियन्त्रणमा समेत लिएको पनि बताए। कयौं मोटरसाइकल चालक त चेक जाजको क्रममा फरार हुने पनि बताए ।
दाङको तुल्सीपुरमा पनि शान्ति सुरक्षालाई मध्यनजर गरि सन्चालनमा आइरहेकोे शान्ति सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम अन्तर्गत सवारी दुर्घटना र अपराधीक किर्याकलाप न्यूनीकरणको आधारमा यो अभियान थालेको पनि बताउनु भएको छ । अरु क्षेत्र भन्दा सुरक्षामा अलि बढी ध्यान दिनु पर्ने आवश्यकता रहेको कारण आफुहरु यस्मा बढी केन्द्रित रहि कार्यक्रम अगाडि बढाउदै गरेको तुल्सीपुर ट्राफिक प्रमुख भुसालले बताए । पहिलेको तुलनामा यस्ता ट्राफिक नियमको उलंघन सवारी दुर्घटना र अपराधी गतीबिधी जस्ता कार्यमा कमी आए यस अभियानमा हामी सबैले साथ दिनु अवस्यक रहेको ट्राफिक प्रहरीलाई साथमा साथ सयोगको अपेक्षा तुल्सीपुर ट्राफिक प्रमुख भुसालले गरेका छन् ।

