तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका मंगलबार, चैत्र १४, २०७९

दाङ । दाङको राप्ती गाउँपालिकामा शैक्षिकसत्र २०७९ को गाउँपालिका स्तरीय वार्षिक परिक्षा मंगलबारदेखि सुरु भएको छ । कक्षा १ देखि ९ कक्षा सम्मकाे यस वर्षको वार्षिक परिक्षा सुरु भएको हो।

राप्ती गाउँपालिकाभित्र रहेका ३०ओटै सामुदायिक विद्यालयमा एकै साथ परिक्षा सुरु भएको राप्ती गाउँपालिकाका शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनु भएको छ ।

पालिकाकाे वार्षिक कार्यतालिका अनुसार परिक्षा आजदेखि चैत २२ गते बुधबारसम्म सञ्चालन हुने शाखा प्रमुख विकले जानकारी दिनु भयो । यस वर्ष पालिकामा सामुदायिक विद्यालयका ७ सय ८५ र संस्थागत विद्यालयका ३ सय १८ गरि जम्मा ११०३ जना विद्यार्थीहरु कक्षा ८ काे परिक्षा सामेल भएका छन् ।

साथै राप्ती गाउँपालिका स्तरीय आधारभूत परीक्षा समितिको वैठकले आधारभूत तह(कक्षा ८)उत्तीर्ण वार्षिक परिक्षा बिहान ८ बजे देखि र अन्य कक्षाको दिउसो १ बजे देखि सञ्चालन गर्ने निर्णय गरेको थियाे। सोही अनुसार कक्षा ८ को मंगलबार पहिलो दिन अंग्रेजी विषयको परिक्षा शान्ति पूर्ण वातावरणमा सम्पन्न भएको शिक्षा शाखाकी प्राविधिक सहायक देवि मल्लले जानकारी दिनु भएको छ । कक्षा ८ को परीक्षाकाे गाउँपालिका स्तरीय परिक्षा अनुगमन समितिले अनुगमन समेत गरि रहेकाे छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]