
Srbpu
Ses
Pbu
Ggp
Gfs
Pes
Rgp1
Sgr
Djs
pku
Lnp
Rgp
Unsku
cjs

nsb
Gst
Rgu
Hal
Bbbpu
Ssm
Pvg
Vor
Sbs
Rsb
Rgs
Asm
Ksm
Rgu
Ggd
Bbu
Sls
Wsp
Tsm

Ptm
Syp
Jmb
Rmb
Mks
sab
bbt
Rpp
Gsb
Pls
Jmb
Bml
Abd
दाङ । गढवामा सहकारी संस्थाहरुको समस्या, चुनौती र समाधान विषयक सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी र आशिष चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
अन्तक्रिया कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न पालिका तयार रहेको बताउनु भएको छ। सोमवार गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालले आयोजना गरेको सहकारी संस्थाहरुको समस्या, चुनौती र समाधान विषयक गाउँपालिका सहितको अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले यस्तो बताउनुभएको हो।
सहकारी क्षेत्रमा पछिल्लो समय देखिएमा समस्याको पहिचान गरी समाधानको लागि पालिका हर बखत तयार रहेको बताउनुभयो। उहाँले बजारमा हल्ला भएको जस्तो सहकारी खराब नरहेको तर एक दुई सहकारी खराब भए भन्दैमा सबै सहकारी खराब भन्नु गलत भएको बताउनुभयो। अधिकांश सहकारी भित्र भित्रै दयनिय अवस्थामा पुगेको बताउदै अध्यक्ष पोख्रेलले भित्र भित्रै अधिकास सहकारी धरासायी भैसकेको बताउनुभयो। गढवा गाउँपालिका भित्रका सबै सहकारीहरु लाई भित्रि रुपबाट आन्तरिक पक्षलाई बलाउने तर्फ लाग्नु पर्ने बताउनुभयो। अधिकांस सहकारी हरु साधारणसभा नभएको, अडिट नभएको र आर्थिक हिसाब किताब पनि स्पष्ट नभएकोले सुधार गर्न आवश्यक रहेको बताउनुभयो। धेरै जसो सहकारी संस्थाहरुमा पुँजीको अभाव भएको बताउनुभयो। कृषि सहकारी हरुले कृषि संग सम्बन्धित कुनै पनि गतिविधि नगरेको झन जटिल्ता पैदा भएको बताउनुभयो। एक सहकारी एक उत्पादन मुलक कार्यक्रमको अवधारणा लागु गर्न सके सहकारीहरु को आर्थिक सुधार हुने बताउनु भयो।
त्यसैगरी अन्तक्रिया कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले सहकारीहरुले विधि विधान भन्दा बाहिर गएर धेरै पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको बताउनुभयो। सहकारीको विषयमा बढी नै हल्ला भएकाले सहकारी प्रतिको विश्वास गुम्दै गएको उल्लेख गर्नुभयो। मल ढुवानीको बारेमा उठेको प्रश्नको जवाफ दिदै उपाध्यक्ष चौधरीले आफुले आफु खुसी मल ढुवानीको दर रेट कायम नगरेको बताउनुभयो। कार्यक्रमको बारेमा जानकारी गराउदै गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले सहकारी सञ्चाल गर्न सहज नभएको बताउनुभयो । गढवा गाउँपालिका भित्र रहेका सहकारी संस्थाहरुलाई नियम संगत सञ्चालनका लागि गढवा गाउँपालिका संग सहकार्य गरेर अघि बढ्ने प्रयास गरिरहेको बताउदै पालिका भित्रका सबै सहकारीहरु लाई उत्पादन मुखी, प्रविधियुक्त सहकारी बनाउन आवश्यक रहेको बताउनु भयो।
कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी लाई उत्पादनमुखी बनाउन पालिकाले कृषिमा सिँचाइका लागि बिशेष पहल गरी बजेट छुट्याउन अनुरोध गरे । बचत तथा ऋण सहकारी संस्थाहरुले आयकर तिरीरहेको तर अनुदानको रकम बचत तथा ऋण सहकारी संस्थाहरुले नपाएको गुनासो समेत गरे । एक दुई वटा सहकारी खराब काम गरे भन्दैमा सहकारी गलत भएको भन्नु ठिक नभएको बताए । गढवामा गढवा भन्दा बाहिरका सहकारी आएर नियमसंगत काम नगरेकोले त्यस्ता सहकारी लाई पालिकाले कसरी ब्यवस्थापन गर्छ भन्ने जिज्ञासा समेत राखेका थिए । तरकारी उत्पादन पछी बजार ब्यवस्थापनका लागि पालिकाले सहजिकरण गर्न अनुराेध समेत गरेका छन्।
हाल नेपालमा ३५ हजार, दाङ जिल्लामा ६ सय २७ गढवामा गढवामा विभिन्न प्रकृतिको गरी ४१ वटा सहकारीहरु क्रियाशील रहेका छन्। गढवामा ५० ओटा सहकारी संस्था रहेका छन् जसमध्ये केही निष्कृय र बन्द भएका छन् भने ४१ ओटा क्रियाशील सहकारी संस्था रहेका छन्। नेपालमा हाल विभिन्न प्रकृतिको गरी ३५ हजार २ सय ३९ सहकारी संस्थामा ८७ लाख ४९हजार १ सय ३२ सदस्य आबद्ध रहेका छन्। बिक्रम् सम्बत् २०७७ साल मंसिर महिना सम्मको तथ्याङ्क अनुसार नेपालभर सञ्चालित सहकारी संस्थाहरुको शेयर पुँजी ९४ अर्ब पुगेको छ। भने ४ सय ७७ अर्ब निक्षेप र ४ सय २६ अर्ब लगानी पुगेको छ। यस अवधिमा ८८ हजार ३ सय ९ जना जनशक्तिले प्रत्यक्ष रोजगारी पाएको कुरा तथ्याङ्क ले देखाएको छ।
मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने मुल नाराका साथ पालीका स्तरीय सहकारी संञ्जालको आयोजनामा पालिमा सञ्चालित क्रियाशील सहकारी संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । पालिका स्तरीय सहकारी संञ्जालको उपाध्यक्ष कमला आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण अभियान बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष देव किशोर चौधरीले गर्नु भएको थियो ।
