Sidha Patra शनिबार, चैत्र ११, २०७९

दाङ । दाङ जिल्लाको जनसंख्या करिब सात लाख नजिक पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२औँ जनगणना- २०७८ ले सार्वजनिक गरेको अन्तिम तथ्याङक अनुसार जिल्लाको जनसंख्या ६ लाख ७४ हजार ९ सय ९३ कायम भएको हो ।

त्यस्तै तथ्यांक अनुसार जिल्लामा पुरुष भन्दा महिलाको संख्या बढी छ । ३ लाख २० हजार ५७३ अर्थात् ४७ दशमलव ५ प्रतिशत पुरूष र ३ लाख ५४ हजार ४२० अर्थात् ५२ दशमलव ५ प्रतिशत महिला रहेका छन् । जिल्लाको दश पालिकामध्ये सबैभन्दा बढी जनसंख्या घोराही उपमहानगरपालिकाको छ भने सबैभन्दा कम बंगलाचुली गाँउपालिकाको छ । सार्वजनिक तथ्याङ्क अनुसार घोराही उपमहानगरपालिकामा २ लाख ५३० जनसंख्या रहेको छ भने बंगलाचुलीमा २२ हजार ३ सय ७३ रहेको छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकामा १ लाख ७९ हजार ७५५, शान्तिनगर गाँउपालिकामा २७ हजार ६४१, बबई गाँउपालिकामा ३० हजार ९६८, दंगिशरण गाँउपालिकामा ३२ हजार ६६८ जनसंख्या रहेको छ । त्यस्तै लमही नगरपालिकामा ५९ हजार ५०, राप्ती गाँउपालिकामा ५२ हजार १२३, गढवा गाँउपालिकामा ४५ हजार ८९८ र राजपुर गाँउपालिकामा २८ हजार ३४६ जनसंख्या रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]