
pku
Rgp1
cjs
Srbpu
Pbu
Gfs
Djs
Unsku
Lnp
Sgr
Ggp
Rgp
Ses
Pes

nsb
Ssm
Bbbpu
Sls
Asm
Rgs
Rgu
Tsm
Bbu
Rgu
Ksm
Sbs
Pvg
Vor
Gst
Rsb
Hal
Wsp
Ggd

sab
Rmb
Mks
Jmb
Pls
Gsb
Ptm
bbt
Jmb
Bml
Rpp
Abd
Syp
दाङ । दाङ जिल्लाको जनसंख्या करिब सात लाख नजिक पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२औँ जनगणना- २०७८ ले सार्वजनिक गरेको अन्तिम तथ्याङक अनुसार जिल्लाको जनसंख्या ६ लाख ७४ हजार ९ सय ९३ कायम भएको हो ।
त्यस्तै तथ्यांक अनुसार जिल्लामा पुरुष भन्दा महिलाको संख्या बढी छ । ३ लाख २० हजार ५७३ अर्थात् ४७ दशमलव ५ प्रतिशत पुरूष र ३ लाख ५४ हजार ४२० अर्थात् ५२ दशमलव ५ प्रतिशत महिला रहेका छन् । जिल्लाको दश पालिकामध्ये सबैभन्दा बढी जनसंख्या घोराही उपमहानगरपालिकाको छ भने सबैभन्दा कम बंगलाचुली गाँउपालिकाको छ । सार्वजनिक तथ्याङ्क अनुसार घोराही उपमहानगरपालिकामा २ लाख ५३० जनसंख्या रहेको छ भने बंगलाचुलीमा २२ हजार ३ सय ७३ रहेको छ ।
यसैगरी तुलसीपुर उपमहानगरपालिकामा १ लाख ७९ हजार ७५५, शान्तिनगर गाँउपालिकामा २७ हजार ६४१, बबई गाँउपालिकामा ३० हजार ९६८, दंगिशरण गाँउपालिकामा ३२ हजार ६६८ जनसंख्या रहेको छ । त्यस्तै लमही नगरपालिकामा ५९ हजार ५०, राप्ती गाँउपालिकामा ५२ हजार १२३, गढवा गाँउपालिकामा ४५ हजार ८९८ र राजपुर गाँउपालिकामा २८ हजार ३४६ जनसंख्या रहेको छ ।
