Sidha Patra शनिबार, चैत्र ११, २०७९

दाङ । देउखुरीको लमहीमा संचालन रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलले शुक्रबार पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

देउखुरी क्षेत्रमा क्रियाशिल रहेका पत्रकारहरुलाई विद्यालयमा डाकेर विद्यालयले हालसम्म शिक्षामा गरेको उपलब्धि र आगामी दिनमा गरिने कार्ययोजना बारेमा छलफल गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुसंगको कुराकानीमा विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले देउखुरीमा गोरखा स्कुल स्थापना भएपछि यस क्षेत्रमा शिक्षाको हवको रुपमा विकसित भएको बताउनु भयो । देउखुरी क्षेत्रमा गोरखा स्कुल स्थापना भएसंगै समग्र देउखुरी क्षेत्रको शिक्षामा धेरै सुधार भएको दाबि गर्नु भयो ।

त्यस्तै उहाँले देउखुरी क्षेत्रलाई शिक्षाको हव बनाउनका लागि सबैको सहयोग अपरिहार्य भएको कुरालाई जोड दिँदै शिक्षालाई सुधार गर्ने मुख्य लक्ष्यका साथ स्कुल स्थापना गरेको प्रधानाध्यापक रिजालको बताउनु भयो । गोरखा मोडेल सेकेण्डरी स्कुल स्थापना हुनु अघि यस क्षेत्रमा तीन वटा स्कुलले विज्ञान संकायमा अध्यापन गराउँदै आएपनि नतिजा शुन्य रहेको बताउदै आफुहरुले उक्त नतिजालाई पछि पार्दै अगाडी बढ्न सफल भएको प्रधानाध्यापक रिजालले बताउनु भयो ।

यस्तै केहि वर्ष अगाडीसम्म उच्च शिक्षा पढ्नका लागि देउखुरीका विद्यार्थीहरु दाङको सदरमुकाम घोराही र काठमाडौं जानु पर्ने बाध्यता रहेको थियो । तर अहिले रोल्पा,रुकुम, प्युठान,अर्घाखाँची लगायतका जिल्लाबाट गोरखा स्कुलमा अध्ययनका लागि विद्यार्थीहरु आउने गरेको प्रधानाध्यापक रिजालले बताउनु भयो । गोरखा मोडेल सेकेण्डरी स्कुलमा विज्ञान तथा व्यवस्थापन संकायमा झन्डै ९५ प्रतिशत भन्दा विद्यार्थीहरु उतिर्ण भएको प्रधानाध्यापक रिजालले जानकारी गराउनु भएको छ ।

विद्यालयले शैक्षिक गुणस्तर कायम राख्नका लागि विद्यार्थी तथा उनीहरुका अभिभावकसंग निरन्तर सहकार्य एवं समन्यव गर्नु पर्ने र देउखुरी क्षेत्रको विकास हुनका लागि शिक्षामा सबैले ध्यान दिन जरुरी रहेको उपस्थित पत्रकारहरुले बताएका थिए । यस्तै विद्यालयका बालबालिकालाई मिडियामैत्री गराउन पनि पत्रकारहरुले सुझाव दिएका छन् ।

उक्त विद्यालयमा कुल १८ सय ४ १ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् भने विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु १ सय बढी रहेका रहेका छन् । विद्यालयले वार्षिक रुपमा नर्सरी कक्षामा अध्ययन गर्ने एक जना विद्यार्थीसंग २१ हजार मात्र शुल्क लिएको छ भने कक्षा १० मा अध्ययन गर्ने एक जना विद्यार्थीको जम्मा ३८ हजार रहेको र नेपाल सरकारको निति नियम अनुसार वार्षिक रुपमा विद्यालयमा अध्ययन गर्ने १८२ जना जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति वितरण गर्ने गरेको प्रधानाध्यापक रिजालले जानकारी दिनु भयो ।

अन्तरक्रिया कार्यक्रममा विद्यालयका तर्फबाट प्रधानाध्यापक लोकमान रिजाल,व्यवस्थापन संकाय प्रमुख प्रकाश ओली,प्रकाश रिजाल,पत्रकारहरु केपी घिमिरे,लिला शाह,दशरथ घिमिरे, शिवराज खनाल राधेश्याम गुप्ता,शिवु खनाल,दुखहरण यादव,प्रिया स्मृति गजमेर,मेगमन बुढा लगायतको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]