
Gfs
cjs
Rgp1
Djs
Unsku
Lnp
Srbpu
Ses
Sgr
Ggp
Pbu
Rgp
Pes
pku

nsb
Tsm
Sbs
Vor
Rgu
Gst
Bbu
Sls
Ggd
Rgu
Hal
Ksm
Ssm
Wsp
Rsb
Asm
Bbbpu
Pvg
Rgs

Jmb
Rpp
Mks
Syp
Abd
Rmb
Pls
Jmb
Gsb
bbt
Bml
Ptm
sab
कपिलवस्तु । उद्योग वाणिज्य महासंघको आउदो चैत २८ र २९ गते काठमाडौंमा हुन लागेको महाधिवेशनमा महासंघका वर्तमान केन्दीय सदस्य जमसेर अली मियाले पुन:केन्द्रीय सदस्यमा उम्मेदावरी दिने बताउनु भएको छ ।
लामो समयसम्म कपिलवस्तु जिल्लाको चन्द्रौटा उद्योग वाणिज्य संघको नेतृत्व समाल्नु भएका निवर्तमान अध्यक्ष मियाले अघिल्लो महाधिवेशनद्वारा केन्द्रीय सदस्यमा निर्वाचीत हुनु भएको थियो । महासंघको विधानमा दुईपटक केन्दीय सदस्य भएको व्यक्तीले मात्र पदाधिकारीमा दावी गर्न पाउने व्यवस्था वमोजीम उहाँले पुन: केन्द्रीय सदस्यमा उम्मेदावरी दिन लाग्नु भएको हो ।
चुनावी अभियानको लागि लुम्बिनी प्रदेशका १२ ओटा जिल्लामा भेटघाटमा व्यस्त रहनु भएका मियाले लुम्बिनी प्रदेशको तर्फबाट केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । व्यवसाय र व्यवसायिहरुको समस्या एवम् देशमा देखिएको आर्थिक तरलताको समाधानको लागि आवाज उठाउनु आफ्नो प्रमुख एजेण्डा भएको उम्मेदावर मियाले बताउनु भयो ।
त्यस्तै उहाँले अघिल्लो निर्वाचनमा पाएको साथ र त्यसपछि आफुले गरेका सकरात्मक प्रयासहरु नै जितको आधार भएको दावी गर्नु भएको छ । यसैबीच मियालाई विजयी बनाउन चन्द्रौटा उद्योग वाणिज्य संघले सबै उद्योगी व्यवसायीहरुलाई अनुरोध समेत गरेको छ । चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले संघका निवर्तमान अध्यक्ष एवं हालका केन्दीय सदस्य जमसेर अली मियालाई पुन: केन्दीय सदस्य पदमा मतदान गर्न आग्रह गर्नु भएको छ ।
