Sidha Patra शुक्रबार, चैत्र १०, २०७९

कपिलवस्तु । उद्योग वाणिज्य महासंघको आउदो चैत २८ र २९ गते काठमाडौंमा हुन लागेको महाधिवेशनमा महासंघका वर्तमान केन्दीय सदस्य जमसेर अली मियाले पुन:केन्द्रीय सदस्यमा उम्मेदावरी दिने बताउनु भएको छ ।

लामो समयसम्म कपिलवस्तु जिल्लाको चन्द्रौटा उद्योग  वाणिज्य संघको नेतृत्व समाल्नु भएका निवर्तमान अध्यक्ष मियाले अघिल्लो महाधिवेशनद्वारा केन्द्रीय सदस्यमा निर्वाचीत हुनु भएको थियो । महासंघको विधानमा दुईपटक केन्दीय सदस्य भएको व्यक्तीले मात्र पदाधिकारीमा दावी गर्न पाउने व्यवस्था वमोजीम उहाँले पुन: केन्द्रीय सदस्यमा उम्मेदावरी दिन लाग्नु भएको हो ।

चुनावी अभियानको लागि लुम्बिनी प्रदेशका १२ ओटा जिल्लामा भेटघाटमा व्यस्त रहनु भएका मियाले लुम्बिनी प्रदेशको तर्फबाट केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । व्यवसाय र व्यवसायिहरुको समस्या एवम् देशमा देखिएको आर्थिक तरलताको समाधानको लागि आवाज उठाउनु आफ्नो प्रमुख एजेण्डा भएको उम्मेदावर मियाले बताउनु भयो ।

त्यस्तै उहाँले अघिल्लो निर्वाचनमा पाएको साथ र त्यसपछि आफुले गरेका सकरात्मक प्रयासहरु नै जितको आधार भएको दावी गर्नु भएको छ । यसैबीच मियालाई विजयी बनाउन चन्द्रौटा उद्योग वाणिज्य संघले सबै उद्योगी व्यवसायीहरुलाई अनुरोध समेत गरेको छ । चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले संघका निवर्तमान अध्यक्ष एवं हालका केन्दीय सदस्य जमसेर अली मियालाई पुन: केन्दीय सदस्य पदमा मतदान गर्न आग्रह गर्नु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]