
cjs
Djs
Pbu
Ses
Rgp
Lnp
Sgr
Rgp1
Gfs
pku
Srbpu
Unsku
Ggp
Pes

Bbbpu
Pvg
Wsp
Gst
Vor
Hal
Ksm
Rgs
Asm
Rsb
Ggd
Tsm
Rgu
nsb
Sls
Sbs
Bbu
Ssm
Rgu

Rpp
Ptm
bbt
Rmb
Abd
sab
Syp
Pls
Mks
Jmb
Bml
Gsb
Jmb
दाङ । नेपालका मन्त्री र कर्मचारी इमान्दार र नैतिकवान नबन्दा सम्म देश समृद्ध हुन नसक्ने लुम्बिनी प्रदेश सरकारका कृषि सहकारी तथा गरिबी निवारण मन्त्री भण्डारीलाल यादवले बताउनु भयो ।
फियान नेपालको आयोजनामा शुक्रवार देउखुरीको लमहीमा आयोजना गरिएको खाद्य अधिकार तथा किसानका सवालमा प्रदेश सरकारको भूमीका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताउनु भएको हो ।
सरकारी अनुदान खान फर्म दर्ता गरेर नक्कली किसान सकृय हुन्छन् । स्थानीय सरकारबाट पनि तिनैलाई सिफारिस हुन्छ वास्तविक किसानहरु समक्ष अनुदान नै पुग्दैन अनि कसरी किसान समृद्ध हुन्छन्? सरकारका मन्त्री रहनु भएका मन्त्री यादवले नै सहभागि बिच यथार्थ र वास्तविकता औंल्याउदै भन्नुभयो । ठूलालाई चैन सानालाई ऐन को सिष्टम र भ्रष्टाचारको अन्त्य नहुँदा सम्म देशका किसानहरुको जिवनस्तर माथी उठ्नै नसक्ने मन्त्री यादवले बताउनुभयो । नेपालमा किसानहरुलाई मलखादको ठूलो समस्या छ यो समस्या हल गर्न स्वदेशमै मलखाद कारखाना खोल्न आवश्यक छ–उहाँले भन्नुभयो । आफू पनि किसानको छोरो भएको र मलखाद नपाएर तड्पिएको आफ्नै उदाहरण सुनाउँदै मन्त्री यादवले आफू मन्त्री रहँदा सम्म कृषि ऐन तथा कार्यबिधि बनाएर वास्तविक किसानको पक्षमा काम गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा घोराही उपमहानगर पालिकाका उपमेयर हुमा डिसीले सत्ता बाँडफाँड गर्ने नेपाली प्रचलनले देश नै खोक्रो भै सकेको बताउनु भयो । भूमिहिन किसानहरुलाई लालपूर्जा वितरण गर्ने नारा नेपाली राजनेताहरुको भोट बैंक भएको र लामो समय सम्म यो समस्या जस्ताको तस्तै रहेको उहाँले बताउनुभयो । खाद्य अधिकारका सवालमा नेपाल सरकारले ऐन तथा कार्यबिधि बनाएर किसानको पक्षमा कार्यान्वयन गर्न जरुरी भएको उहाँले बताउनुभयो ।
फियान नेपाल लुम्बिनी प्रदेश संयोजक शुरेस गौतमको अध्यक्षता र लुम्बिनी प्रदेश सरकारका कृषि सहकारी तथा गरिबी निवारण मन्त्री भण्डारीलाल यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्त्री यादवलाई कृषि ऐन बनाउन र किसान परिचय पत्रको ब्यवस्थापन गर्न भनी ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको थियो । सो अवसरमा अधिकारकर्मि साजीदा सिद्दिकी, सकुन्तला डिसी, खाद्य अधिकार सञ्जाल गढवाका अध्यक्ष उमाकान्त पन्त,नागरिक समाजका अगुवा निमबहादुर थापा, पत्रकार केपि घिमिरे, साहित्यकार छविलाल कोपिला, सुर्यराज गौतम, दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवर, उमाकान्त डाँगी, चित्रबहादुर खड्का लगायतले प्रदेश सरकारलाई कृषि ऐन निर्माण तथा कार्यान्वयनका लागि बोल्दै ध्यानाकर्षण गराउनु भएको थियो । उमाकान्त पन्तको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन खाद्य अधिकार सञ्जाल दाङका महासचिव मौसम आचार्यले गर्नुभएको थियो ।

