
Djs
Pes
Gfs
pku
Unsku
Ses
cjs
Rgp
Rgp1
Srbpu
Pbu
Sgr
Lnp
Ggp

Pvg
Rgu
nsb
Hal
Rsb
Sls
Ssm
Asm
Sbs
Ksm
Bbu
Wsp
Gst
Rgu
Tsm
Vor
Bbbpu
Rgs
Ggd

Gsb
sab
Rpp
Rmb
Abd
Jmb
Ptm
Mks
bbt
Syp
Jmb
Bml
Pls
दाङ । देउखुरीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक लालमटिया गा.वि.स. वडा नम्बर ३ हाल राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ निवासी मोहम्मद अमर मुसलमान भन्ने मोहम्मद अमिरलाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय भालुवाङमा भर्खरै सरुवा भएर नयाँ प्रहरी प्रमुखकाे रुपमा आउनु भएका प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंहको कमाण्डमा खटीएको प्रहरी टोलीले बिहीबार अमिरलाई पक्राउ गरेको छ ।
त्यस्तै अमिरलाई कर्तव्य ज्यान सम्बन्धि कुसरमा कपिलवस्तु जिल्ला अदालतले २०६६ साल वैशाख ८ गते २० बर्ष कैद फैसला सुनाएको थियो । फरार रहेका अमिरलाई प्रहरी निरीक्षक सिंहको कमाण्डमा खटीएको प्रहरी टोलीले बुधबार राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ स्थित लुकीछिपी बसि रहेको अवस्थामा पक्राउ गरेको थियो । अमिरलाई पक्राउ गरी जिल्ला अदालत दाङमा पेश गरीएको हो । जिल्ला अदालत दाङले अमिरलाई कैद भुक्तानका लागि जिल्ला कारागार घोराहीमा पठाएको छ ।
