दिनेश रैदाश बिहिबार, चैत्र ०९, २०७९

दाङ । कृषि मलको मूल्य वृद्धि कम गर भन्दै अखिल नेपाल किसान महासंघ दाङ देउखुरीले बुधबार भालुबाङमा प्रदर्शन गरेको छ ।कृषि मलको मूल्य वृद्धि कम गर, मिटर ब्याजीहरुको ब्याज मिनाहा गर,लघुबितिय सहकारी संस्थाहरुलाई अवैध घोषणा गर,कृषि मल बीउ विजन सर्वसुलभ तरिकाले किसानहरुलाई उपलब्ध गर,खेतीयोग्य जमिनको प्लटिङ बन्द गर,कृषि मल कारखाना निर्माण गर,भारतीय अखाद्य तरकारी आयात तुरुन्त बन्द गर,भन्ने विभिन्न नाराअंकित ब्यानर तथा प्लेकार्ड बोकेर गगनभेदी नारा लगाउँदै सहिद कृष्णसेन इच्छुक प्रतिमा स्थल पुल्चोक भालुवाङबाट शुरु भएको विशाल र्यालीले पुल्चोक बजार, निर्माणधिन बसपार्क,हनुमानगढी मन्दिर टोल, रामजानकी मन्दिर टोल, इलाका प्रहरी कार्यालय भालुवाङ बजार परिकर्मा गरी लुम्विनी प्रदेश कृषि तथा भुमि व्यवस्था मन्त्रालय प्राङ्गण भालुवाङमा पुगेर विरोधस भामा परिणत भएको थियो।

अखिल नेपाल किसान महासंघ दाङ देउखुरीका अध्यक्ष ऋषिराम पौडेलको अध्यक्षता तथा अखिल नेपाल किसान महासंघ केन्द्रिय कोषाध्यक्ष प्रेमनारायण आचार्यको प्रमुख आतिथ्यमा विरोध सभा सम्पन्न भएको थियो।

प्रमुख अतिथिको आसनबाट बोल्नु हुदै कोषाध्यक्ष आचार्यले देशको झण्डै ८३ प्रतिशत जनसंख्या कृषिमा आधारित किसानहरूको हक अधिकारका लागि सरकार उदासिन छ भन्नू भयाे। विशिष्ट अतिथि राजमो केन्द्रिय कार्यकारी अध्यक्ष तथा सविधान सभाका सभासद रस्मिराज नेपालीले सम्बोधन गर्नु हुदै आफूलाई ठूला भन्ने पार्टीहरू सत्ता निचोर्न डुबेको देशको किसानको विकासमा उदासिनमा रहेको हुँदा किसानहरूले हक र अधिकार प्राप्तिका लागी संघर्षका विकल्प नरहेको बताउनु भयो। अर्का विशिष्ट अतिथि नेकपा मसाल जिल्ला समिति दाङको प्रवक्ता भरत भण्डारीले सम्बोधन गर्नु हुदै देश अर्धआउपनुसिक र अर्धसामन्ती रहँदासम्म देशको किसानको हक अधिकार सुनिश्चित नहुने हुदा यस अवस्थालाई प्रस्त गर्न कृषि क्रान्तिको आवश्यकता रहिरहन्छ भन्नू भयाे ।

त्यस्तै सोही विरोध सभालाई राजमो दाङका उपाध्यक्ष महेश रिजाल,अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रिय सदस्य केशवराज खनाल, अखिल नेपाल ट्रेडयुनियन महासंघ (अन्टुक) दाङका अध्यक्ष हरि थापा,अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पूर्णिमा आचार्य,राजमो दाङका सचिव वसन्त पाैडेल, अखिल छैंठौ दाङ जिल्ला अध्यक्ष सरिता पुन, अखिल नेपाल जनजाति सम्मेलन दाङका सचिव दलबहादुर पुन,अखिल नेपाल युवक संघका हिमाल एमसी,नगर बिकास समिति भालुवाङका सदस्य विजुला केसी,अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रिय सदस्य विष्णु श्रेष्ठ लगायतले सम्बोधन गर्नु भएको थियो।

सहिद प्रति एक मिनेट मौनधारण गरी शुरु भएको विरोध सभामा जिल्ला उपाध्यक्ष माधव आचार्यले स्वागत मन्तब्य दिनु भएको थियो भने जिल्ला सचिब मणिराम खनालले सञ्चालन गर्नु भएको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]