
Pes
Rgp
Pbu
Lnp
pku
Sgr
Unsku
Rgp1
Ses
Srbpu
Gfs
Djs
Ggp
cjs

Ksm
Sls
Ssm
Gst
Bbbpu
Bbu
Asm
Ggd
Rgu
Rgs
Pvg
nsb
Rgu
Rsb
Tsm
Wsp
Hal
Sbs
Vor

Abd
bbt
Jmb
Pls
Mks
Ptm
Bml
Rmb
Syp
Jmb
Gsb
sab
Rpp
दाङ । समग्र गढवा गाउँपालिका र केन्द्रबिन्दु गढवा बजारलाई दिर्घकालिन ब्यवस्थापन गर्ने बृहत्तर योजनाहरुका बारेमा बिहिवार सरोकारवाला बिच गढवामा ब्यापक छलफल भएको छ ।
गढवा उद्योग बाणिज्य संघको आयोजना र गढवा गाउँपालिकासंगको समन्वय सहकार्यमा जनप्रतिनिधी, संघसंस्थाहरु,सुरक्षा निकाय र पत्रकारहरु बिच गढवाको समृद्धि र बिकासका लागि विभिन्न विषयहरुमा बृहत अन्तरकृया गरिएको हो । गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढा मगरको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले गढवामा बहुसाँस्कृति संग्रहालय निर्माण गर्ने,फोहर ब्यवस्थापनको दिर्घकालिन समाधानका लागि बैकल्पिक उपायको खोजि गर्नु पर्ने,कृषि उपज संकलन केन्द्र र बजारीकरणको ब्यवस्थापन तथा सितगृहको निर्माण,बजार क्षेत्रमा हुने चोरीका घटनाहरु न्यूनिकरण गर्न बजार क्षेत्रमा सडक बत्ती जडान र गुणस्तरीय सिसी क्यामरा जडान,सर्पदंश उपचार केन्द्रको भेण्टिलेटर सुचारु गर्नुपर्ने,गढवा बजारको चोंकलाई फराकिलो बनाई सडक दुर्घटना न्यूनिकरण गर्नुपर्ने र गढवा बजार क्षेत्रका सटर भाडा दर निर्धारण गर्न गाउँपालिका समक्ष माग गरेका छन् ।
सो अवसरमा गढवामा बहुउद्देश्यिय कभर्डहल तथा रंगशाला निर्माण गरी खेल जगतलाई प्रबर्धन गर्न, कोइलाबास भन्सार ब्यवस्थापनमा चासो दिन तथा पञ्च वर्षिय रणनितीक योजनाहरु बनाएर गढवाको समृद्धिका कार्यक्रम सञ्चालन गर्न बक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सबैजसो वडाहरुबाट मध्यकालिन खर्च संरचना बमोजिम योजनाहरु बनेको,गाउँपालिकाको पञ्चबर्षिय योजना समेत तयार भएको र सरोकारवाला अगुवाहरुबाट आएका सुझावहरुलाई सोही बमोजिम कार्यान्वयन गरिने गाउँपालिकाको लक्ष्य रहेको बताउनु भएको छ ।
गढवाको बिकास र समृद्धिका लागि आउँदो आर्थिक वर्षको बजेट निर्माणको पूर्व सन्ध्यामा बजेट तथा योजना निर्माणमा सहज हुने भएकोले उद्यो बाणिज्य संघसंग समन्वय गरि यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष शर्माले बताउनुभयो । यस वर्षदेखि राजश्व सुधार कार्ययोजना तयार भएको र त्यसलाई कार्यान्वयन गर्न सबैको साथ सहयोग पाएमा राजश्व संकलनमा बृद्धि हुने र पालिकाले बनाएका बिभिन्न योजनाहरु कार्यान्वयन गर्न सकिने उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले नदीजन्य पदार्थको अबैध चोरी निकासी रोक्ने बिषयमा सरोकारवालाहरु सबै एकजुट भएमा राजश्व संकलनमा टेवा पुग्ने र गढवाको समृद्धिमा सहज हुने बताउनु भयो । कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षहरुले दिनु भएको थियो । कार्यक्रममा हालै सरुवा भएर गढवाको इलाका प्रहरी कार्यालयमा आउनु भएका प्रहरी निरीक्षक नविन ओली र सर्बोदय सामुदायिक वनको निर्वाचनबाट बिजयी भएका अध्यक्ष धर्मराज पाण्डेय लगायत कार्यसमितिका पदाधिकारीहरुलाई स्वागत सम्मान गरिएको थियो ।
सो अवसरमा प्रहरी निरीक्षक नविन ओली, वडा अध्यक्षहरु राहुलदेव चौधरी,बिरबहादुर आले मगर, संघका संस्थापक अध्यक्ष युबराज पोख्रेल, निवर्तमान अध्यक्ष रविलाल आचार्य, वडा सदस्य दिनमणि आचार्य, नेपाली काँग्रेस गढवाका सभापति किरण पौडेल, एमालेका दामोदर ढुंगाना, जनता समाजवादी पार्टीका महबुव अली, राप्रपाका तुलाबहादुर सिंह ठकूरी, सल्लाहकारहरु रामप्रसाद गैरे, उमाकान्त पन्त, रेडक्रसका सभापति दयाराम यादव, सर्बोदय साबका अध्यक्ष धर्मराज पाण्डेय, समाजसेवी बुद्धिजिवी नवराज देवकोटा, हिरालाल चौधरी, चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी,देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक र थारु कल्याणकारीणी सभाका अध्यक्ष संजिब चौधरी लगायतले गढवा गाउँपालिकाको बिकास र समृद्धिका लागि गर्नुपर्ने कार्यहरुका बारेमा स्थानीय सरकारलाई सुझाव दिनु भएको थियो । संघका सचिव मधा न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष ओंम प्रकाश बस्यालले गर्नुभएको थियो ।

