टेकबहादुर पुन/जिल्ला ब्युरो बिहिबार, चैत्र ०९, २०७९

दाङ । देउखुरी स्थित सम्राट सिमेन्ट कम्पनीका कारण बस्तीमा प्रदुशन बढेको भन्दै स्थानियले बिहिवार मुलगेटमा धर्ना दिएका छन् ।कालो ब्यानर प्रदर्शन गर्दै उनिहरुले २ घण्टा धर्ना दिएका हुन । प्रदुशन नियन्त्रणका लागि कम्पनी, स्थानिय सरकार, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयमा स्थानियले ज्ञापन पत्र समेत बुझाएका थिए ।ज्ञापनपत्रको सुनुवाई नभएपछी नवगठित सँघर्ष समितीको कार्यक्रम अनुसार धर्ना दिईएको सँघर्ष समितीका सँयोजक भगवानदिन यादबले जानकारी दिए । धर्ना कार्यक्रममा बोल्ने बक्ताले उद्योगले प्रदुशन मात्र नभई स्थानिय माथी निरङ्कुस लाद्न खोजेको आरोप समेत लगाएका छन् ।

नेपाल सरकारकाे कानुन नभई आफुहरु उद्योगकाे अलग्गै कानुनमा बाधिन बाध्य भएको स्थानिय शँकर पुनले बताए । नेपाल सरकारकाे मापदण्ड अनुसार स्वच्छ बाताबरणमा बाच्न पाउनुपर्ने नैसर्गिक अधिकारलाई हनन गर्दै कम्पनीले तानशाह प्रबृत्ती लाद् खोजेको बन्गै टाेल समितिका अध्यक्ष शेर बाहादुर बुढाले बताए । बारम्बार सहमती गर्ने तर कार्यन्वयनमा नल्याउने कम्पनीको प्रबृत्ती प्रती स्थानिय आक्रोसित भएका छन् ।

त्यस्तै यश बिषयमा छलफलका लागि लमही नगरपालिकाले आगामी ११ गते स्थानिय,कम्पनी र सम्बन्धित निकायको समेत उपस्थित हुनेगरी छलफलको आयोजना गरेको छ । छलफलमा आफ्ना मागहरु पूरा नभए १२ गतेदेखि अनिश्चित कालिन आन्दाेनकाे तयारी थालिएको स्थानिय कुमोद देबकोटाले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]