ओमप्रकाश गुप्ता बिहिबार, चैत्र ०९, २०७९

दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख (प्रहरी निरीक्षक) उज्जवल बहादुर सिंहले नागरिकसंग प्रहरीले गर्ने व्यवहारमा सुधार ल्याउने बताएका छन् ।केहि दिन अघि प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग काठमाण्डौंबाटमा ईलाका प्रहरी कार्यालय भालुवाङमा कार्यालय प्रमुखको रुपमा आएका प्रहरी निरीक्षक सिंहले बुधबार आफ्नै कार्यालयमा सञ्चारकर्मीहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।पछिल्लो समय केहि उच्च पदमा रहेका प्रहरी तथा जवानबाट नागरिकहरुमा गरिने व्यवहारको आलोचना भइरहेका बेला प्रहरी निरिक्षक सिंहले भने आफुबाट नागरिकहरुलाई गरिने व्यवहारमा सुधार ल्याउने बताएका छन् । उच्च ओहोदाका व्यक्ति होस् या निम्न वर्गका व्यक्ति होस् म र मेरो संगठनले समान व्यवहार गर्ने उनले बचन वद्धता व्यक्त गरेका छन् । उनले प्रहरीले गर्नुपर्ने कार्य कानुन बमोजिम गर्ने बताउँदै पत्रकारहरुले उठाएका समस्याहरुको सम्बोधन गर्ने बताएका छन् ।त्यस्तै कार्यक्रममा सहभागी पत्रकारहरुले राप्ती गाउँपालिका क्षेत्रमा बढ्दो लागु औषध,चोरी,काठ तस्करी,सडक दुर्घटना,राप्ती नदी दोहन लगायतका विषयमा जानकारी गराएका थिए । प्रहरीलाई मिडियामैत्री बन्न सुझाव समेत दिएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]