
Rgp1
Lnp
Gfs
Unsku
Djs
Pbu
Ses
Sgr
pku
Ggp
cjs
Pes
Srbpu
Rgp

nsb
Tsm
Wsp
Ssm
Rgu
Hal
Bbu
Ksm
Rgs
Bbbpu
Rsb
Sbs
Gst
Vor
Sls
Ggd
Pvg
Asm
Rgu

Rpp
Rmb
Gsb
sab
bbt
Jmb
Abd
Syp
Bml
Ptm
Pls
Mks
Jmb
दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख (प्रहरी निरीक्षक) उज्जवल बहादुर सिंहले नागरिकसंग प्रहरीले गर्ने व्यवहारमा सुधार ल्याउने बताएका छन् ।
केहि दिन अघि प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग काठमाण्डौंबाटमा ईलाका प्रहरी कार्यालय भालुवाङमा कार्यालय प्रमुखको रुपमा आएका प्रहरी निरीक्षक सिंहले बुधबार आफ्नै कार्यालयमा सञ्चारकर्मीहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
पछिल्लो समय केहि उच्च पदमा रहेका प्रहरी तथा जवानबाट नागरिकहरुमा गरिने व्यवहारको आलोचना भइरहेका बेला प्रहरी निरिक्षक सिंहले भने आफुबाट नागरिकहरुलाई गरिने व्यवहारमा सुधार ल्याउने बताएका छन् । उच्च ओहोदाका व्यक्ति होस् या निम्न वर्गका व्यक्ति होस् म र मेरो संगठनले समान व्यवहार गर्ने उनले बचन वद्धता व्यक्त गरेका छन् । उनले प्रहरीले गर्नुपर्ने कार्य कानुन बमोजिम गर्ने बताउँदै पत्रकारहरुले उठाएका समस्याहरुको सम्बोधन गर्ने बताएका छन् ।
त्यस्तै कार्यक्रममा सहभागी पत्रकारहरुले राप्ती गाउँपालिका क्षेत्रमा बढ्दो लागु औषध,चोरी,काठ तस्करी,सडक दुर्घटना,राप्ती नदी दोहन लगायतका विषयमा जानकारी गराएका थिए । प्रहरीलाई मिडियामैत्री बन्न सुझाव समेत दिएका थिए ।
