
Nssbus7
syysr
Ratbs
Syees
Rbs
gms
Ddhbs
Pbu
Amb
dsbus
Gsl
Bksbus5
Gsbus
Ssbus
Csbus
Jsbus

Sls
Asm
Rsb
Hal
Ssm
Bbu
nsb
Sbs
Rgs
Pvg
Ksm
Vor
Rgu
Rgu
Ggd
Gst
Bbbpu
Tsm
Wsp

Bml
sab
Rpp
Mks
Rmb
Syp
Jmb
Pls
Gsb
Abd
Jmb
Ptm
bbt
विराटनगर । नेपालको कोशी प्रदेशको सुन्दर सहर विराटनगरको राम जानकी सेवा सदनमा जारी ३ दिवसीय नेपाल-भारत साहित्य महोत्सव आइतबार सम्पन्न भएको छ ।
महोत्सव विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा भएको थियोे । महोत्सवको अन्तिम दिन १० बुदे विराटनगर घोषणा जारी गर्दै औपचारिक रूपमा सम्पन्न भएको थियोे ।
उक्त महोत्सवको औपचारिक उद्घाटन चैत ३ गते भएको थियो । उद्घाटन सत्रको समापन सँगै लघुकथा वाचन कार्यक्रम सञ्चालन गरिएको थियोे । जसको संयोजन नेपालमा सर्वप्रथम लघुकथामा विद्यावारिधि गर्नुभएका डा.पुष्करराज भट्टले गर्नुभएको थियो । उक्त अवसरमा मनोहर पोखरेल, निरज कोइराला, पुष्पा सायरा लगायत नेपाल तथा भारतका लघुकथाकारहरूले आ-आफ्ना वाचन गर्नुभएको थियोे ।
प्रथम दिनको दोस्रो सत्रमा कविता वाचन कार्यक्रमको आयोजना गरिएको थियोे । जसको अध्यक्षता दाङका साहित्यकार एवम् चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष तेजप्रसाद खनालले गर्नुभएको थियोे । उक्त अवसरमा नेपाल र भारतका वरिष्ठ कविहरूले आ-आफ्ना कविता वाचन गरेका थिए । महोत्सवको दोस्रो दिनमा पनि कविता वाचन कार्यक्रमलाई निरन्तरता दिइएको थियोे । उक्त कार्यक्रमको अध्यक्षता भारतका कवि एवम् साहित्यकार राजन ले गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि भने टुक्का साहित्य समाजका केन्द्रिय उपाध्यक्ष एवम् साहित्यकार वसन्त अनुभव रहनुभएको थियोे । कार्यक्रमको सञ्चालन क्रान्तिधरा साहित्य अकादमीका अध्यक्ष डा.विजय पण्डितले गर्नुभएको थियोे ।
उक्त अवसरमा नेपालका १२ जना मुक्तककारहरू (अमृता रसाइली रामदाम, अम्बिका खरेल उप्रेती, सीता शर्मा पन्थी, रमा दाहाल खतिवडा, सुनिता बराल, सन्जना शर्मा, गणेश लोहनी, घनश्याम पौडेल, तेजप्रसाद खनाल, यज्ञलाल सुबेदी, नागेन्द्र यादब, प्रेम सुनार) को संयुक्त सङ्ग्रह “अनमोल रत्न”, साहित्यकार लक्ष्मीकान्त शर्माको पुस्तक “आदिकवि भानुभक्त आचार्य केही विचार”, भारतीय कथाकार डा.अलका वर्माको हिन्दी कहानी सङ्ग्रह “गुलमोहर”, भारतीय कवि Preeti Saini को poems and prose poems “The Essence Of A Fulfilled Life” लगायतका पुस्तकहरूको विमोचन वसन्त अनुभवको प्रमुख आतिथ्यतामा भएको थियो।
कार्यक्रममा नेपाल लगायत भारतका कवि तथा साहित्यकारहरूले कविता, गजल, चारु, मुक्तक आदि वाचन गर्नुभएको थियो । महोत्सवको अन्तिम दिन साहित्यमा अनुवादको महत्व बारे छलफल गरिएको थियो । जसमा डा. पुष्कर राज भट्ट, डा. घनश्याम परिश्रमी, विभारानी श्रीवास्तव, राजेन्द्र गुरागांई, डा. देवी पन्थी लगायतको सहभागीता रहेको थियो । अग्रज साहित्यकार विवश पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, मेरठ अकादमीका अध्यक्ष डा. विजय पण्डित, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, वरिष्ठ साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, पोखराका साहित्यकार बलराम उपाध्याय रेग्मी, भानु कला केन्द्रकी अध्यक्ष माया पौडेल, कार्यक्रम संयोजक देवी पन्थी, चन्द्रागिरी साहित्य प्रतिष्ठान काठमाडौं अध्यक्ष जनार्दन अधिकारी धड्कन, वसन्त अनुभव, तेजप्रसाद खनाल लगायतको सक्रिय सहभागीता रहेको थियोे ।
महोत्सवको अन्तिम दिन जारी घोषणापत्रमा नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एकअर्को देशमा प्रवर्द्धन गर्ने, महाभारतकालीन राजा विराटको दरबारलाई महाभारत सर्किटसित जोड्ने विषयमा पुरातात्विक विभाग र इतिहासकारहरूसित समन्वय गरेर थप अध्ययन अनुसन्धान गर्ने, आगामी महोत्सवमा दुवै देशका विश्वविद्यालय, कलेज र विद्यालयमा अध्ययन गर्ने, युवा स्रष्टाहरूलाई बढीभन्दा बढी सहभागी गराइने, वार्षिक साहित्य महोत्सवबाहेक अन्य वर्षैभरि दुवै देशमा विभिन्न साहित्यिक कार्यक्रम आयोजना गर्ने र एकअर्का देशमा आमन्त्रण गर्ने,युवा साहित्यकारहरूलाई प्रोत्साहित गर्ने लगायतका कुराहरू रहेका छन् ।
त्यस्तै महोत्सवमा नेपालका सातै प्रदेशका र भारतको महाराष्ट्र,उत्तर प्रदेश,झारखंड,असम, अरूणाचल प्रदेश, सिक्किम, मध्य प्रदेश,राजस्थान, दिल्ली,पंजाब, हरियाणा, उत्तराखंड,बिहार,छत्तीसगढ लगायत क्षेत्रका ३५० भन्दा बढी कवि/ साहित्यकार/ कथाकारहरूको सहभागीता रहेकोे थियोे । जसमध्ये २५० भन्दा बढीले रचना वाचन गरेका थिए ।


