ओमप्रकाश गुप्ता आइतबार, चैत्र ०५, २०७९

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँका बि.एन ममता रावत र बि.एम.एल.टी  विशाखा रावतले स्वर्गीय बुवा बसन्त कुमार रावतको संझनामा शनिवार लठ्ठहवामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेका छन् ।    पुर्व जनस्वास्थ्य अधिकृत एवं कुसल स्वास्थ्य चिकित्सक   स्वर्गीय बसन्त कुमार रावतले सिसहनियाँ बजारमा सञ्चालन गरेको विष्णु वि. मेडिकल एण्ड मुना मेडिसिन सेन्टरलाई छोरा बुहारीले निरन्तरता दिएका छन् । स्वर्गीय रावतको निधन भएको ६ महिना पुगेको संझनामा स्वास्थ्य शिविरको आयोजना गरिएको स्वर्गीय रावतका साला चन्द्र पुन र समाजसेवी तुलसीप्रसाद गौतमले बताउनु भयो ।

स्वास्थ्य शिविरबाट १ सय ८० जना बिरामीहरुले सेवा लिएका छन् । आफ्नै गाउँमा सबै रोगको स्वास्थ्य उपचार पाएकोमा स्थानीयहरुमा निकै उत्साह देखिएको थियो । स्वास्थ्य परिक्षणका लागि लठ्ठहवाबाट आएकी विनिता चौधरीले भनिन् “हामी जस्तो गरीब दुःखीले आफ्नो घरायसी समस्या र पैसाका कारण राम्रो हस्पिटलसम्म गएर उपचार गराउन नसकिरहेको अवस्थामा रावत परिवारले गाउँमै डाक्टर ल्याएर नि:शुल्क सेवा सहित औषधी दियो, हामी ज्यादै खुसी भयौं ।”

त्यस्तै सिंगेबाट स्वास्थ्य जाँचका लागि आएका तकमान भण्डारीले सिसहनियाँबाट पाइने स्वास्थ्य उपचारको सुविधा गाउँघरमा नै आउँदा खुशी लागेको बताए । उनले भने ‘हाम्रै गाउँमा डाक्टर आए । डाक्टरको सल्लाह अनुसार औषधी पनि पाए । यसले मलाई ज्यादै खुसी लाग्यो । उनीहरु जस्तै शिविरमा आएका जेष्ठ नागरिक, वयष्क तथा युवाहरु समेत गाउँमै नि:शुल्क स्वास्थ्य सेवा पाउदा निकै खुसी भएका छन् ।

शिविरमा विभिन्न रोगको चेकजाँच, सुगर, ब्लडप्रेसर, रगत परिक्षण र नि:शुल्क औषधी वितरण गरिएको थियो । शिविरमा ढाड कम्मर दुख्ने, सुगर, प्रेसर, दम, ग्याष्टिक,आँखाको समस्या भएका विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको डाक्टर शिवानन्द साहले बताएका छन् । शिविरमा एमविविएस डा. शिवानन्द साह, अहेवहरु जिवा चौधरी, गोमा खत्री, स्वम्सेवक विशाल पुन मगर, वि.एण्ड ममता रावत,वि.एल. एम.टि विशाखा रावतले सेवा दिएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]