रामप्रासाद सुवेदी सोमबार, फाल्गुण २९, २०७९

दाङ । लागु पदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम आइतबार नारायणपुरमा सम्पन्न भएको छ ।

नारायणपुर स्थित सिद्धरत्न उच्च माविमा समाजकल्याण केन्द्र घाेराही र नयाँ पाईला पुनःस्थापना केन्द्र बिजाैरीकाे संयुक्त आयाेजनामा सम्पन्न भएको कार्यक्रममा कक्षा ११ र १२ मा अध्यनरत करिव २०० जना विद्यार्थीहरुलाई लागु पदार्थ दुर्व्यसन भनेकाे केहाे ? यसका लक्षण र राेकथामका उपायबारे विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियाे ।समाजकल्याण केन्द्र घाेराहीका अध्यक्ष निर्मला गाैतमकाे अध्यक्षता तथा घाेराहि उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष दिपक पाण्डेकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दुर्व्यसन मुक्त ब्यक्ति सुवास डाँगी,नयाँ पाईला पूनर्थापना केन्द्रका कार्यकारी निर्देशक शुरेस भुसाल,शिक्षक दुर्लभ कुमार श्रेष्ठ लगायतकाले बाेल्नु भएकाे थियाे ।

त्यस्तै कार्यक्रममा नार्कोनन् नेपाल लुम्बिनी प्रदेश संयोजक बसन्त पुन, ईलाका प्रहरी कार्यालय नारायणपुरका प्रहरी साहेक निरीक्षक रुपा कुमारी बिक सिद्धरत्न उच्च माविका प्रधानाध्यापक उत्तम खनाल लगायतका अतिथि रहनु भएकाे थियो ।

समाजकल्याण केन्द्र घाेराहीका सदस्य पार्वता याेगिकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन सचिव जानुका केसीले गर्नुभएको थियाे भने धन्यवाद ज्ञापन सदस्य बिन्दु दाहालले गर्नुभएको थियाे । साविककाे राप्ती अन्चलकै पहिलाे सुधनरगृह नयाँ पाईला पुनः स्थापना केन्द्र बिजाैरीले विभिन्न संघ-संस्थाहरुसंग सम्मन्वय गरि लागु पदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम गर्दै आइरहेकाे छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]