
cjs
Rgp1
Rgp
Ggp
Ses
Lnp
Gfs
Pes
Unsku
Pbu
pku
Djs
Sgr
Srbpu

Hal
Ksm
Rsb
Ggd
Ssm
Gst
Rgu
Sls
nsb
Bbbpu
Asm
Rgu
Wsp
Tsm
Vor
Rgs
Bbu
Sbs
Pvg

Mks
Rmb
Jmb
Syp
Gsb
sab
bbt
Abd
Rpp
Bml
Pls
Ptm
Jmb
दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा रोटरी क्लव अफ राप्ती स्थापना भएको छ । विभिन्न पेशामा आवद्द २१ जना युवाहरुको पहलमा स्थापना भएको रोटरी क्लव अफ राप्तीको अध्यक्षमा बासुदेव न्यौपाने चयन भएका छन् ।
जेष्ठ सदस्य भरतमणी न्यौपानेको अध्यक्षतामा आइतबार बसेको बैठकले न्यौपानेलाई २०२३/ २०२४ का लागि अध्यक्षमा चयन गरेको हो । लामो समयदेखि पत्रकारीता र व्यवसायका सार्थै समाज सेवा गर्दै आएका न्यौपाने हाम्रो लुम्बिनी न्युज डटकमका अध्यक्ष तथा प्रधानसम्पादकका साथै स्वास्थ्य पत्रकार मन्च नेपालका लुम्बिनी संयोजक समेत रहेका छन् ।
त्यसैगरी बैठकले वर्ष २०२४/२०२५ को अध्यक्षमा तपराज आचार्य, प्रस्थावित अध्यक्षमा जगत प्रसाद पोख्रेल चयन गरेको छ । यसैगरी प्रथम उपाध्यक्षमा इश्वरी प्रसाद अधिकारी,दृतिय उपाध्यक्षमा डा. शंकरनाथ योगी,सचिवमा शिशिर पोख्रेल र कोषाध्यक्षमा गोपाल आचार्य चयन भएका छन् ।
त्यसैगरी क्लव एड्मिस्टेशन पुजा खनाल र अनिल पौडेल,क्लव सदस्यतामा भरतमणी न्यौपाने,पब्लिक इमेज अफिसरमा अशोक बेल्वासे,सर्भिस प्रोजेक्टमा बसन्त पुन, युथ सर्भिसमा आषिश न्यौपाने, टिआरएफ केशर केसी रहेका छन् ।
यसैगरी सदस्यहरुमा बसन्त गिरी, दोर्ण आचार्य, माधव खनाल, ऋषी भुसाल, चन्द्रमणी खनाल, अनिल केसी र श्याम न्यौपाने(होटल पौवा) रहेका छन् । सामाजिक एकता र मानवीय सेवा भावलाई स्थापित गर्नु क्लवको मुख्य उदेश्य रहेको रोटरी क्लव अफ राप्तीका अध्यक्षमा बासुदेव न्यौपानेले बताए । ‘सामाजिक र मानवीय उत्थानका लागि आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथी रहेर सामाजिक सेवा भावले क्लव स्थापना गरिएको हो’ अध्यक्ष न्यौपानेले भने ‘सामाजिक सेवा भावले काम गर्दा सोच,भन र गरलाई आत्मसाथ गर्दै अगाडी बढ्ने छौं अध्यक्ष न्यौपानेले भनेका छन् ।’
