श्रवण कुमार यादव सोमबार, फाल्गुण २९, २०७९

दाङ । क्रेटिङ पोसिबिलिटिज नेपाल (सिपि ) नेपालले आर्थिक वर्ष २०७९/०८० मा गरिएका शिक्षा सहयोग कार्यक्रमहरुको स्थानीय सरकार , प्रशासन तथा जिल्ला समन्वय समितिद्वारा अनुगमन तथा अवलोकन गरिएको छ ।बालबालिकाको शिक्षा तथा बाल बिकास केन्द्रको सुधार र आमा समुह सहयोग कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिका वडा नं ६ को ज्ञानोदय माध्यामिक विद्यालय पत्थर गढवाको बालविकास केन्द्र, कम्प्युटर ल्याब तथा भवनको अवलोकन गरिएको हो। सिपी नेपालको सहयोगले यस विद्यालयमा भौतिक तथा शैक्षिक रुपमा धेरै प्रगति भएको प्राधानाध्यापक इन्द्रदेव चौधरीले बताउनु भयो ।त्यसैगरि राजपुर गाउँपालिका वडा नं २ मा रहेकाे जनज्योति माध्यामिक विद्यालयमा भवन , बालबिकास केन्द्र,कम्प्युटर ल्याब,बिज्ञान प्रयोगशालाको अनुगमन गरिएको छ । अनुगमनको क्रममा जनज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक केशवराम यादवले विद्यालयको भौतिक पुर्बाधार र शैक्षिक गुणस्तर कायम गर्नमा सिपी नेपालको महत्वपूर्ण योगदान रहेको बताउँदै विद्यालय परिवारले सिपी नेपालप्रति कृतज्ञ रहेको बताउनु भयो । अतिथिहरुलाई स्वागत् गर्दैै सिपी नेपालले गरेकाे सहयोग र योगदानबारेमा विस्तृप्त जानकारी गराउनु भएको थियो ।यस्तै गढवा गाउँपालिका स्थित सिपी नेपालको जिल्ला स्तरीय स्थलगत अवलोकन तथा आर्थिक वर्ष २०७९/८० मा भएगरेका कार्यक्रमका प्रतिबेदनका साथै आर्थिक वर्ष २०८०/०८१ प्रस्तावित बजेट तथा कार्यक्रमको बारेमा छलफल सरोकारवालाहरुसंग गरिएको छ । छलफलमा सिपी नेपालको प्रगति प्रतिबेदन तथा आगामी कार्यक्रम तथा बजेट बारे सिपी नेपालकि कार्यक्रम प्रमुख सरिता चौधरिले प्रस्तुत गर्नु भएको थियो ।अनुगमन कार्यक्रम जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा,राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति देवी यादव,राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलावती चौधरी,गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरी,जिल्ला समन्वय अधिकारी मोहन सुवेदी,जिल्ला समन्वय कार्यलयका प्रशासकीय अधिकृत चन्द्र बहादुर केसी,जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख प्रशासकीय अधिकृत,राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डे, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविना वली, राप्ती गाउँपालिका दाङका शिक्षा शाखा अधिकृत विश्वास विक,राजपुर गाउँपालिका शिक्षा शाखा अधिकृत केशव लम्साल,राप्ती गापाका सामाजिक विकास समिति सदस्य गिता चौधरी,जिल्ला प्रशासन कार्यालय दाङका नासु गंगाराम पोख्रेल,महिला ग्रामिण उत्थान केन्द्र दाङका प्रमुख आसमानी चौधरी,सिपी नेपालका सरिता चौधरी,दिपा चौधरी, हेमराज शर्मा,प्रेसा चौधरी,रिया चौधरी,सीता कुमाल, पत्रकार दशरथ घिमिरे,सुदर्शन,दुखरण यादव,गीता चौधरी,छवि पुरी लगायतकाे सहभागितामा अनुगमन भएकोे थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]