
cjs
Unsku
Rgp
Pes
Ggp
Ses
Rgp1
Djs
Gfs
pku
Sgr
Srbpu
Lnp
Pbu

Pvg
Rgu
Hal
Vor
Asm
Sls
Rgs
Sbs
Gst
Tsm
Bbu
Ksm
nsb
Wsp
Ssm
Rgu
Ggd
Bbbpu
Rsb

Jmb
Rpp
Bml
sab
bbt
Ptm
Rmb
Abd
Mks
Jmb
Pls
Gsb
Syp
दाङ । घोराही उपमहानगरपालिका १३ मा बिश्वासिलो अल्लो उद्योगले अल्लोको बोक्राबाट भुवा,धागो र सामान उत्पादन गर्न काम गरिरहेको छ । घोराही बसपार्कमा अल्लो प्रोशोधनका निम्ति पहिला अल्लो बोक्रा केही घण्टा भिजाएर मुठा पार्छन र धरममा पकाउन खाडेर ३० केजिसम्म अट्छ ।
त्यसमा २ किलो ५ सय ग्राम प्रती डरममा केमिकल लाग्छ र यो पाक्न प्रती धरम ४ घण्टा समय लाग्छ भने त्यहाँबाट पाकिसकेपछि निकालेर बोक्रा फाल्न ट्याक्टर दाउ लाउछन । त्यसपछि बोक्रा बगाउन खोलामा २४ घण्टा पानीमा भिजाएर राखेपछि,पखालेर कमेरो लगाएर सुकाउछ्न ।
सुकेपछि फेरि ट्याक्टर दाउ लगाएर अल्लोको भुवा कमेरो झारेर बल्ल धागो काट्नुपर्छ । यो प्रक्रिया गर्न धेरै खर्च छ । तर बजार ल्याउदा प्रति कुइन्टल गाडी भाडा कोहलपुरदेखि १ हजार पाँच ट्याक्टर दुवानी एक चोटिको २ हजार पाँच सय लाग्ने गरेको छ । त्यस्तै धागो काट्न फिर्कीमा धेरै समय लाग्छ । धागो प्रती किलो काट्न २ देखि तीनदिन लाग्छ भने चर्कामा १ दिन लाग्छ । जसलाई दल्लो बनाउने अनि लाछि बनाएर बल्ल समान बनाउन तिर लागिन्छ भनेर उद्योग संचालक तिलकुमारी पुन मगरले बताउनु भयो ।
पुनका अनुसार बच्चा पनदेखि आमाले सिकाएको सीप हो,यसैमा जीवन निर्बाह चलेको छ । धेरै जनालाई रोजगार पनि दिएकाछौ भन्नू भयो । यसैगरि अहिले अल्लोको भाउ घटेको छ । धेरै मेहेनत चाहिन्छ नेपाली उत्पादन नेपालिलेनै किन्न गह्रो छ । तर तिकाउ उतिकै छ नै भने अल्लोको बोक्राबाट धागो बनादासम्मको स्रोत साधन जुताउन अति कठिनाइ पनि भएको बताउनु भयो ।
अल्लोको कपासदेखि कपडासम्म बन्न धेरै जनशक्तिको आबश्याता पर्ने गरेको छ । अल्लो बोक्रा अछाम,दार्चुला भेगहरुमा बढी पाउने गरेको छ । अल्लो बोक्रादेखि धागो र सामान बाउदासम्म मान्छेको ज्याला ८ घण्टा समय महिलालाई पाँच सय र प्रती घण्टाको ६० रुपैया ज्याला दिएको छ भने पुरुषको हकमा ज्याला ६ सय दिने गरिएको छ । बिश्वासिलो उद्योगमा भुवा,धागो बनाउने र सामान बनाउनेहरु अलग पाटोहरु रहेका छन् । अल्लो उद्योगमा १७ देखि ३५ / ४० जना प्रत्येक दिन कामदारहरु लाग्ने गरेका छन् ।
अल्लोको बोक्रा दाङसम्म ल्याउदा प्रति केजी दुई सय पचास रुपैयासम्म मुल्य पुग्छ भने धागो बनिसके पछि प्रति केजी धागो मोटो मसिनो अनुसार १ एक हजार दुई सयसम्म पर्ने उद्योग संचालक पुन मगरले बताउनु भयो । कोभिड- १९ का कारण सारा उद्योगहरु थला परेर संचालनमा आउन गाह्रो परिरहेको बेला अल्लो उद्योग धन्न चली राखेको छ । अल्लोबाट पर्स,जुत्ता,कोट,टोपी,चप्पल,महिला- पुरुषको लागि धेरै कपडा तथा सामानहरु बनिसकेका छन् । यो उपात्पादित सामानहरु स्थानीय तह,छिमेकी जिल्लाहरु र इन्डियामा समेत पठाई रहेको उद्योग संचालकहरुको भनाई रहेको छ ।
