
Pbu
pku
Sgr
Unsku
Rgp
Lnp
Srbpu
Ggp
Rgp1

Sbs
Tsm
Sls
Rgs
Rgu
Hal
Asm
Bbu
Gst
Pvg
Rgu
Ggd
Ssm
Rsb
nsb
Wsp
Bbbpu
Vor
Ksm

Ptm
Rmb
Jmb
Bml
Jmb
Syp
Gsb
bbt
sab
Rpp
Mks
Abd
Pls
बुटवल । प्रदेश नम्बर ५ सरकारले चाडवाडको बेलामा नेपाल भारतबीच सीमा नाकामा आवत,जावत रोक्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर बढेको विषयलाई ध्यानमा राखेर प्रदेश सरकारले छोटो दूरीमा आवतजावत गर्न रोक लगाउने निर्णय गरेको हो ।
प्रदेश स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको वैठकले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै भारत आवतजावतमा कडाइ गर्ने निर्णय गरेको हो ।मुख्यमन्त्री शंकर पोख्रेल संयोजक रहेको केन्द्रको वैठकले नेपाल र भारत बीचका तोकिएका सीमा नाकाबाट मात्र सुरक्षित र स्वास्थ्य मापदण्ड पालना गरेर नेपाल प्रवेशको व्यवस्था गर्ने निर्णय गरेको छ ।
त्यस्तै, प्रदेश ५ सरकारले कोरोना नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गरेको छ । प्रगोगशाबाट छिटो रिपोर्ट दिने व्यवस्था गर्ने, सार्वजनिक स्थल र यातायातमा मास्क प्रयोग अनिवार्य गर्ने, संक्रमण उच्च हुने सम्भावना देखिए जुन क्षेत्रमा बढी प्रभाव देखिन्छ त्यहाँमात्र निश्चित समय सिल गर्ने निर्णय पनि गरेको छ ।
विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुलाई क्रमशःस्थानान्तरण गर्ने, आवश्यकता अनुसार शैक्षिक संस्था मर्जरको नीति लिएर संक्रमण कम भएको जिल्लामा विद्यालय सञ्चालन गर्ने निर्णय पनि वैठकले गरेको छ ।
