राम अवतार चाैधरी/कपिलवस्तु शुक्रबार, फाल्गुण २६, २०७९

कपिलवस्तु । राष्ट्रिय भुमिअधिकार मञ्चले नेपाल शिवराजले चन्द्राैटामा र्‍याली गरेकाे छ । अधिकार मञ्च शिवराज नगर कमिटीकाे आयाेजनामा जिल्लाकाे चन्द्राैटामा शुक्रबार गरिएको छ ।

“सुरक्षित बास सबैलाई, खेतीयोग्य जमिन किसानलाई” भन्ने मुल नाराका साथ कार्यक्रमकाे आयाेजना गरिएको मञ्चले जनाएको छ । सुकुम्बासी लगायत अव्यवस्थित बस्तीलाई व्यवस्थापन गर्ने, स्थानीय सरकारले भुमिहिन लाई भुमि दे भन्छ भन्ने जस्ता सहभागीले नाराबाजी गरेका थिए । र्‍याली चन्द्राैटा बजार परिक्रमा गरि नगरपालिकाकाे अगाडि पुगी काेणसभामा परिणत भएकाे जनाइएको छ ।

अधिकार मञ्चका अध्यक्ष ज्ञानेन्द्र लामिछानेले सबैकाे सम्मनपूर्वक बाच्ने अधिकार रहेकाे बताए । पछिल्लो समय सुकुम्बासीकाे पिडा हरेक निर्वाचनमा उम्मेदवारकाे चुनावी एजेन्डा मात्रै बनेकाे आराेप लगाउँदै भुमि अधिकारका लागि लालपुर्जा दिनुकाे विकल्प नरहेकाे उनले जिकिर गरे ।

उनले भने : “चुनावकाे बेला स्थानीय जनप्रतिनिधिले लालीपप मात्रै देखाएका छन ।” लामिछानेले थपे : “यदि सुकुम्बासीकाे काम गर्न कहि कसैले वा कुनै राजनीतिक दलका जनप्रतिनिधिले राेकेका छन् भने तीनीहरुलाई ठेगान लगाउने छाैँ ।” नगरपालिकामा आवाज उठाउँदा सम्बन्धित शाखाका कर्मचारीले आफूले काम गर्दा फाइल हेर्न नसके अध्यक्ष लामिछानेले बताए । जनशक्ति नभएकाले एकलै कर्मचारीले सबै काम गर्न नसकेको उनकाे भनाइ छ ।

यता नगर प्रमुख अजय थापाले मञ्चको ज्ञापनपत्र ग्रहण गर्दै सुकुम्बासी समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए । आफूलाई यसबारे जानकारी भएपनि आन्तरिक समस्याले काम गर्न नसकेको उनले स्विकार गरे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]